नेपाल चिनाउँदै पोर्चुगलका राजकुमार…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ३, २०७३
|
|
२७३ पटक हेरिएको
Shares
नेपाल चिनाउँदै पोर्चुगलका राजकुमार…

सारांश

  • बासु सत्याल: पोर्चुगल,रोजगारी र अवसरका लागि विदेशिने नेपालीको संख्या दिनानुदिन बढ्दै छ ।
  • अस्थिर राजनीति, अवसरको कमी, रोजगारीको अभाव, श्रम अनुसारको पारिश्रमिक नपाउनु, श्रमको सम्मान नहुनु लगायतका कारणले युवाहरु विदेशिने गरेका हुन् ।
  • विदेश जाने र देशलाई धिक्कार्नेको संख्या पनि उत्तिकै छ ।

बासु सत्याल: पोर्चुगल,रोजगारी र अवसरका लागि विदेशिने नेपालीको संख्या दिनानुदिन बढ्दै छ । अस्थिर राजनीति, अवसरको कमी, रोजगारीको अभाव, श्रम अनुसारको पारिश्रमिक नपाउनु, श्रमको सम्मान नहुनु लगायतका कारणले युवाहरु विदेशिने गरेका हुन् । विदेश जाने र देशलाई धिक्कार्नेको संख्या पनि उत्तिकै छ । तर, विदेश जाने सबै उस्तै भने हुँदैनन् । अवसरको खोजी गर्दै विदेश गएका कैयौं नेपालीले मुलुकको पहिचान फैलाउन भरमग्दुर प्रयास गरिरहेका छन् । अवसरको खोजी गर्दै गर्दा नेपालको पहिचान फैलाउन दिलो ज्यान दिनेहरु पनि भेटिन्छन् । त्यस्तै मध्येका एक हुन्, राजकुमार मल्ल, जो पश्चिम यूरोपको पोर्चुगलमा बसेर नेपालको प्रचार गरिरहेका छन्। पर्वत पाङमा ३५ वर्षअघि जन्मेका राजकुमार अवसरको खोजी गर्दै १३वर्षअघि पोर्चुगलको राजधानी लिस्बोन पुगे । जागिर गरेर पैसा कमाउने भन्दा व्यवसाय गरेर स्वावलम्बी बन्ने भावना उनमा पलायो । नेपाली पन झल्किने व्यवसाय उनको छनौटमा पर्यो । जुन सोंच र भावना उनका लागि आपूmसँगै सिंगो मुलुकका लागि फलदायी ठहरियो । पोर्चुगलको राजधानी लिस्बोनको क्याम्पो पिकानो भन्ने ठाउँमा रियल नेपाल नामको रेस्टुरेन्ट सञ्चालन गरेका राजकुमारले यूरोपमा नेपालको झण्डासहित नेपालीपन फिँजाइरहेका छन्। लिस्बोन, विश्वकै एक ऐतिहासिक शहर । यूरोपेली मुलुकका बासिन्दाहरुको विश्रामस्थल । विश्वका अधिकांश मुलुकका पर्यटक पुग्छन्, लिस्बोन । लिस्बोनको मुख्य आयश्रोत नै पर्यटन हो । पर्यटकहरुको घना उपस्थिति हुने लिस्बोनमा नेपाल र नेपालीपनको भरमग्दुर प्रचारप्रसार गरिरहेका छन् । व्यवसाय त छदै छ, नेपालको पहिचान पनि फैलाउन पाएकोमा खुसी छु, राजकुमार भन्छन् । सात समुद्रपारी रहेर पनि नेपाली खाना, नेपाली पोशाक अनि नेपाली संस्कार फैलाउन पाउनु गर्वको कुरा हो, उनले भने । नेपालीपन झल्किने रेस्टुरेन्ट छ । आपूm पनि काम गर्छन्, काम गर्ने अरु पनि नेपाली नै छन्। मालिक र कामदार भन्ने भेदभाव छैन । मिलेर बस्छन्, हाँसेर काम गर्छन् । नेपाली र नेपालीपन फैलाउन पाएकोमा सबै खुसी छन् । रेस्टुरेन्टका भित्ता हिमाल, पहाड र तराईका तस्वीरहरुले भरिएका छन् । नेपाली सम्पदाका तस्वीर छन्। नेपालीपन झल्किने तस्वीरहरुले पर्यटकहरुलाई नेपाल घुम्न जानैपर्ने सन्देश दिइरहेका छन् । आप्mनो रेस्टुरेन्टमा आउने र लिस्बोनमा भेटिने विदेशीहरुलाई नेपालका बारेमा सुनाइहाल्छन्, उनी । पाहुनाहरुलाई नेपालका बारेमा सुनाउँछु र नेपाल घुम्न जानुपर्छ है भनेर उत्साह जगाउँछु, उनी भन्छन्। युरोपेली पर्यटक नेपाल पठाउन सके नेपालको आर्थिक अवस्थामा पनि सुधार आउने उनको बुझाइ छ । नेपालमा पर्यटनको उचित विकास गर्न सके रोगजारीका लािग नेपालीहरु ीवदेशिनु पर्दैन, उनी भन्छन् । नेपाल सरकारले पनि पछिल्लो समय पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गत वर्षको भूकम्पपछि नेपाल सुरक्षित छ भन्नेअभियान थालेको सरकारले नेपालको बारेमा विदेशमा उचित प्रचार भने गर्न नसकेको उनको गुनासो । यूरोप र अमेरिकी पर्यटक तान्न सके मात्रै नेपालको पर्यटनले गति लिन्छ, उनको ठम्याइ छ । एक्लो प्रयासले मात्रै हुँदैन, नागरिक तहदेखि सरकारी निकायसम्म सबैले हातेमालो गर्नुपर्छ, उनी भन्छन्, त्यसका लािग सरकारले पहल थाल्नुपर्छ अनि मात्र हामी सफल भइन्छ । विश्व फुटबलका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोको देश पोर्चुगल । नेपालमा रोनाल्डोका थुप्रै फ्यान छन्। पोर्चुगलमा पनि झण्डै द्दण् हजारको हाराहारीमा नेपाली छन् । कैयौंले रोजगारी पाएका छन् । कतिपयले व्यवसाय गरेका छन् । पोर्चुगलमा आर्जन गरेको कमाईले घरपरिवारलाई सन्तुष्टि दिएका छन्। पोर्चुगलबाट पनि छुट्टी मनाउन नेपाल जाने पर्यटकको संखया बढ्न थालेको छ । हामी यसलाई अझै वृद्धि गर्ने योजनामा छौं, उनी भन्छन् । पोर्चुगलमा नेपालीको संख्या पनि बढ्दै छ । पर्यटन, कृषि, होटल तथा औद्योगिक क्षेत्रमा नेपालीहरुले रोगजारी पाइरहेका छन्। तर, सरकारले दूतावास स्थापना नगरिदिँदा असजिलो भएको अधिकांश नेपालीहरुसँगै राजकुमारको पनि गुनासो छ । दुई देशबीचको सम्बन्ध वृद्धि गर्न र पर्यटन प्रवद्र्धन गर्न सरकारले आवश्यक कदम चाल्न जरुरी छ, उनी भन्छन् । व्यवसायी राजकुमारले आप्नो छबी समाजसेवीका रुपमा पनि स्थापित गरिरहेका छन् । पर्वत समाज पोर्चुगलको अध्यक्ष रहेका उनी गैरआवासीय नेपाली संघ पोर्चुगलको सल्लाहकार छन्। पोर्चुगलमा रहेका नेपालीहरुका विभिन्न संघ संगठनलाई पनि उनले नियाली रहेका छन्। यहाँ आएका नेपालीहरुलाई सहयोग गर्नु हाम्रो पहिलो दायित्व हो, उनी भन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग
आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
इश्वर पोखरेलको नाम नलिइकनै प्रचण्डले भने कसैले बुझे पनि नबुझे पनि पार्टीको कार्यक्रम जनवाद नै हो
विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गर्ने !!!
विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गर्ने !!!
सिमकोट विमान स्थल बन्द !
सिमकोट विमान स्थल बन्द !
बुधवार थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित
बुधवार थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
विपिको सम्झनामाः कांग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै
विपिको सम्झनामाः कांग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै
DPM Mahara participates in inaugural of 72nd session of UNGA
DPM Mahara participates in inaugural of 72nd session of UNGA

तपाईंले छुटाउनुभयो कि?