‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
२९ पटक हेरिएको
Shares
‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला

सारांश

  • काठमाडौं।
  • आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लण्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन्।
  • लण्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन्।

काठमाडौं। आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लण्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन्। लण्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन्।

बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ कि विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए। फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरूको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी गराइन्। विमलाले नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने बताइन्।

सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन्। क्याबिन क्रुको तालिमसमेत लिनुभएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गरेकी थिइन्।

हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन्। तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवद्र्धन गर्ने उनको चाहना छ।

(https://chiringa.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
अमेरिकी हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने
सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने
देउसि टाेलिमार्फत ओलीलाई झलनाथको सुझाव !
देउसि टाेलिमार्फत ओलीलाई झलनाथको सुझाव !
२१६ जना कोरोना संक्रमित थपिए शनिवार काठमाडौँमा
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
विस्तारै सम्हालिदै छौ‌: प्रचण्ड
विस्तारै सम्हालिदै छौ‌: प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?