अनि म मुस्कुराएँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अनि म मुस्कुराएँ

सारांश

  • विष्णु फडेरा हुन त सबैको आफ्नै बानी हुन्छ ।
  • कसैसँग झगडा गरेपछि सम्बन्ध नजिक हुन्छ त कसैसँग झगडा भएपछि कहिल्यै नभेटिने गरी छुट्टिनु पर्ने हुन्छ ।
  • तर मसँग उनको सम्बन्ध यो दुबै खाले थिएन ।

विष्णु फडेरा

हुन त सबैको आफ्नै बानी हुन्छ । कसैसँग झगडा गरेपछि सम्बन्ध नजिक हुन्छ त कसैसँग झगडा भएपछि कहिल्यै नभेटिने गरी छुट्टिनु पर्ने हुन्छ । तर मसँग उनको सम्बन्ध यो दुबै खाले थिएन । न कहिल्यै राम्रोसँग मिल्न सक्यौं न कहिल्यै नभेटिने गरी छुट्टिन नै । समयको खेल हो । अमर त को नै रहन्छ र ? तर पनि उनीसँगको मेरो भेट यति सार्थक होला भनेर सोचिएको पनि थिएन ।

त्यसपछि म टेलिभिजनमा जागिर गर्न सुरु गरें ।

क्यामेरासँग मितेरी गाँसेर समाजमा बिद्यमान बिकृति र बिसंगतिका बिरुद्ध लडाई लड्ने पहिलो अबसर प्राप्त भएको थियो मलाई । रिपोर्टिङका क्रममा मैले सुर्खेतको एक परिचित होटेलमा बिना चेकजाँच खसीको मासु काट्ने बेच्ने गरेको रिपोर्टिङ गर्नुपर्ने भयो । त्यतिखेर अहिलेको जस्तो भिडियो क्यामेरा, डिएसएलआर क्यामेरा थिएन । ह्यान्डीक्याम लगेर मैले मेरो पाइलाहरु गन्तब्यतिर बढाएँ ।

करिब आधा घण्टा हिँडेपछि म पुग्नुपर्ने ठाउँमा पुगें । दैनिकजसो मासु बेच्ने कार्य चलिरहकै थियो । मैले डराएरै भएपनि उक्त कार्य क्यामेरामा कैद गर्न सफल भएँ । र त्यो फुटेज मैले मेरो हातमुख जोड्न सहयोग गर्ने अफिसमा पुर्याएँ । लगत्तै टिभीमा प्रसारण भयो । “फलानो होटेलले नियम बिपरीत खसीको मासु बेच्दै, प्रशासन मौन ।” यो रिपोर्ट प्रसारण भएको एकघण्टा जति बितेको थियो होला सायद । होटेलको प्रतिनिधित्व गर्ने एकजना दाइ पर्ने अफिसमा आउनुभयो । अनि सुरु भयो टेवुल टक । त्यो टेबुल टक कुनै नियोजित थिएन । न कि नियमित प्रसारण हुने टेलिभिजन कार्यक्रम नै । थियो त केवल मैले प्रसारण गरेको कन्टेन्टको । र, प्रसारण भएको समाचारको सम्बन्धमा टेवुल टक ।

उतातिरको माग थियो, जसरी नि समाचार बन्द गर्नुपर्यो, होइन भने जेसुकै पनि हुन सक्छ । मेरो बोसको माग थियो, “तपाईले गल्ती गरेको छैन भने मुद्दा हाल्नुहोस । मुद्धा लडुम् तर म समाचार हटाउँदिन । चर्काचर्की निकै भयो । जसरी प्रतिपक्ष र सत्तापक्ष आआफ्नो अडान नछोडेर बाझिरहन्छन्, हो ठ्याक्कै त्यसरी नै । होटेलको प्रतिनिधित्व गर्ने दाइले अन्ततः हार स्वीकार गर्नुभयो र कुरा मोड्नुभयो । भन्नुभयो, “यो खिचेर ल्याउने को हो ?” सँगै बसेर चर्काचर्की सुनिरहेको म त्यो प्रश्नले झस्किएँ । सोचे हाकिमसँग त र म गरेको मान्छेले मलाई त काँच्चै निल्छ होला । त्यत्तिकैमा मलाई देखाएर हाकिमसावले “उहाँ हो” भन्नुभयो । र, सँगसँगै भन्नुभयो, “जसले खिचेर ल्याएपनि व्यत्तिगत रिसइवीले खिचेर ल्याएको होइन । पत्रकारिताको धर्म नै यही हो । अर्को कुरा, जसले फुटेज खिचेर ल्याउँछ, तिनीहरु जिम्मेवार हुँदैनन् । जिम्मेवारी अफिसको हो । त्यसैले केही गर्नै परे अफिससँग गर्नुहोस । व्यक्तिसँग होइन ।” यति सुनिसकेपछि उहाँ दाइले मतिर फर्केर ठूल्ठूला आँखा लगाएर भन्नुभयो, “तँ भाइ कुनै दिन हाटेल अगाडि हिड्लास नि ।”

यति बोलिसकेपछि उहाँ निस्कनु भयो । एकछिन अफिसमा सन्नाटा छायो । कसैले केही बोलेन । केही समयपछि हाकिम सावले मुख खोल्नुभयो र भन्नुभयो, “बिस्नुजी, केही चिन्ता नलिनुहोस्, म छु ।” यही मेरो जिन्दगीलाई अगाडि बढाउने पहिलो बोली थियो मेरा लागि । हाल नेपाल प्रहरीको उच्च पदमा आसीन आदरणीय व्यत्तित्वले बोलेको कुरा त्यतिखेर आफ्नो स्टाफको रुपमा बोल्नुभएको हो तर मेरो लागि जिन्दगीको टर्निङ प्वाइन्ट बनिदियो । त्यसपछि मनमा हौसला कम डर बढी बोकेर म अफिसबाट बिदाइका हात हल्लाएर घरतिर लागें ।

भोलिपल्टदेखि त्यो होटेलले नियमित चेकअप गराएर खसीको मासु बेचेको खबर फलोअप गर्नुपर्ने भयो । बुचरमा लगेर खसी जाँच गराएर मासु ल्याएर बेच्ने गरेको सुनेपछि म फेरि फलोअपममा लागें । केही दिन अगाडि दिएको चुनौतिलाई मनमा स्मरण गर्दै कति चाँडै होटेलमा पुगिसकेछु । हत्तपत्त काटेको मासु बेच्दै गरेको दृश्य मेरो क्यामेरामा कैद गरे । अनि एकदुई जनासँग केही प्रश्न गरेर म फर्किएँ ।

सम्पादन गरेर त्यो अंश पनि प्रसारण भयो । समाचार थियो, “समाचारको प्रभाव, फलानो होटेलमा नियमविपरीत खसीको मासु बेच्न बन्द ।” बुचरमा लगेर जाँच गरेर खसी काट्न थाले । यो समाचार पनि प्रसारण भएको एक घण्टा बित्न नपाउँदै अफिसको ल्याण्डलाइनमा घण्टी बज्यो, “हेलो फलानो टिभी ?”

को बोल्नु भयो ? के काम हो ? यताबाट प्रश्नको ओइरो लागेपछि उताको बोलि सुनियो । तपाईले गर्न खोजेको चाही के हो ? हिजो होटेलमै खसी काटेर मासु बेच्यो भनेर समाचार बनाउनुभयो । आज हामीले चेकजाँच गराएर मासु बेच्दा “चेकजाँच गराएर बेच्यो” भन्नुभयो । आखिर के गर्न खोजेको ? अनि म मुसुक्क हाँसेर मनमनै भने “सत्यतथ्यको अगाडि समय लाग्छ तर असत्य झुकेरै छाड्छ ।” यति सुनाइसकेपछि उनले भनिन्, “पानी हल्का रोकिएजस्तो छ । हिँड अब घर जाम । त्यसपछि मलाई लाग्यो, “कुनै सम्बन्ध जीवनभरि नरहे पनि मनभरि रहिरहन्छन् । जस्तो उनको र मेरो ।

https://shikharkhabar.com/2018/08/04/82263/

https://shikharkhabar.com/2018/08/18/84633/

https://shikharkhabar.com/2018/08/11/83344/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?