लोकन्थली–सानोठिमी घरदैलो, मध्यपुरथिमि बन्यो एमालेमय !
सारांश
- रमेश गिरी भक्तपुर, ६ मंसिर ।
- आउँदो मंसिर २१ गतेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा एमालेले लोकन्थलीबाट निकालेको घरदैलोले सिंगो मध्यपुरथिमि एमालेमय बनेको छ ।
- लोकन्थलीबाट भोट माग्दै प्रतिनिधीसभा सदस्य तर्फका युवा उम्मेदवार महेश बस्नेत र प्रदेश सभा (ख) तर्फका उम्मेदवार राजेन्द्रमान श्रेष्ठलाई स्थानीय मतदाताले टीका लगाएरु माला तथा खादा ओढाएर पछि सुरु भएको घरदैलोले सिंगो मध्यपुर एमालेमय बनेको हो ।
रमेश गिरी
भक्तपुर, ६ मंसिर । आउँदो मंसिर २१ गतेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा एमालेले लोकन्थलीबाट निकालेको घरदैलोले सिंगो मध्यपुरथिमि एमालेमय बनेको छ । लोकन्थलीबाट भोट माग्दै प्रतिनिधीसभा सदस्य तर्फका युवा उम्मेदवार महेश बस्नेत र प्रदेश सभा (ख) तर्फका उम्मेदवार राजेन्द्रमान श्रेष्ठलाई स्थानीय मतदाताले टीका लगाएरु माला तथा खादा ओढाएर पछि सुरु भएको घरदैलोले सिंगो मध्यपुर एमालेमय बनेको हो ।

धिमे बाजा सहित लोकन्थलीको बासिन्दाले स्वागत गर्दै सुरु भएको घरदैलो पछि घरघरबाट युवा युवतीदेखि पाको उमेरका मतदाता समेत घरदैलो र्यालीमा सहभागि भएका थिए । घरघरबाट निस्केका युवाले उम्मेदवारद्धय बस्नेत र श्रेष्ठलाई मत माग्दै नारा लगाएका थिए । उत्साहित मतदाताहरु स्वतस्फूर्त रुपमा घरदैलो कायृक्रममा सहभागि हुँदा लोकन्थलीको र्याली सानोठिमी जोडिएको थियो । सानोठिमीसम्म पुग्दा सडक र गल्लि एमालेको झण्डा बोकेका मतदाताहरुको ताती देखिन्थ्यो भने टोल टोल गल्ली गल्लीमा स्वागत गर्नेहरु ताती लागेर बसेको स्थानीय मतदाता श्याम माकजूले बताउनुभयो ।

दिउँसोबाट सुरु भएको घरदैलोमा घरघरबाट निस्केर उम्मेदवारलाई स्वागत गर्न आतुर ज्यष्ठ नागरिकले बस्नेतलाई ज्येष्ठ नागरिक भत्ता बाँच्न पुग्ने गरि बढाईदिन आग्रह गरेका थिए । बस्नेतले चुनाव जितेर गए बृद्धभत्ता बढाईदिने आश्वासन दिनुभयो । युवायुवतीलाई रोजगारी र महिलालाई उद्यमी बनाउने प्रतिबद्धता व्यक्त गर्दै बस्नेतले मतदातालाई यो उत्साहलाई २१ गतेसम्म कायम राख्न आग्रह गर्नुभएको थियो । यसअघि सांसद जितेर जानेहरुले विकास गर्न नसकेपनि अब आफूले विकास गर्ने र जनताकोचाहना पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

घरदैलोमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको सहभागिताले थप उत्साह बनाएको थियो । घरदैलोमा प्रदेशसभा उम्मेदवार राजेन्द्रमान श्रेष्ठलाई मतदाताले पानीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए । उहाँले ठिमीमा रहेको खानेपानीको समस्या समाधान गर्नेदेखि यहाँको सडकको समस्या, पर्यटकीय नगरको विकास गर्ने, सम्पदा संरक्षण गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने लगायतका विकासका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । र्याली लोकन्थलीबाट सानोठिमी हुदै धुन्चेपाखा, मगरगाउँ सम्म पुगेको थियो ।



Kulbahadur Bohra
सरबहारा जनता को पाटी होनेकपा एमाले बिर्घा