न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने

सारांश

  • काठमाडाैं।
  • नेकपाका नेता अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेपनि उनले हेर्न नमिल्ने भएको छ।
  • यसअघी सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने उनले अदालतभित्र बताइसकेका छन्।

काठमाडाैं। नेकपाका नेता अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेपनि उनले हेर्न नमिल्ने भएको छ।

यसअघी सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने उनले अदालतभित्र बताइसकेका छन्।

'उहाँले यो रिट आफूले हेर्न मिल्दैन भनिसक्नु भएको छ,' अदालत स्रोतले भन्यो। आफ्नो स्वार्थ बाझिने मुद्दाहरूमा न्यायाधीशले सुनुवाई गर्न मिल्दैन।

शुक्रबार दायर भएको उक्त रिटमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आदेश दिन माग गरिएको छ।

उनीमाथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दिएका हुन्।

न्यायाधीश हरि फुयाँलले अधिवक्ता हुँदाका बखत विचाराधीन ती मुद्दा मध्ये एउटा मुद्दामा बहस गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?