चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २१, २०७९
|
|
१८ पटक हेरिएको
Shares
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • चर्चित मोडल तथा पत्रकार चिरञ्जीवी सापकोटाको अभिनय रहेको ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक भएको छ ।
  • पछिल्लो समय हिट भिडियोको पर्यावाची बनेका सापकोटाको अभिनय र युवामाझ चर्चित रहेका बादल थापाको स्वर रहेको म्युजिक भिडियो आहा नेपाल युटुब मार्फत सार्वजनिक गरिएको हो ।

काठमाडौं । चर्चित मोडल तथा पत्रकार चिरञ्जीवी सापकोटाको अभिनय रहेको ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक भएको छ ।

पछिल्लो समय हिट भिडियोको पर्यावाची बनेका सापकोटाको अभिनय र युवामाझ चर्चित रहेका बादल थापाको स्वर रहेको म्युजिक भिडियो आहा नेपाल युटुब मार्फत सार्वजनिक गरिएको हो ।

यज्ञ वि.क को शब्द रहेको म्युजिक भिडियोको गीतमा गायक थापा र प्रविशा अधिकारीको स्वर रहेको छ । विन्दास मिडियाको अडियो र भिडियो रहेको गितमा जि.बि चिरन, ग्यानु नेपाली, समिक्षा भुजेल र बिना ओलिको अभिनय पनि देख्न सकिन्छ ।

आयुश सापकोटाको फोटोग्राफी रहेको उक्त भिडियोको निर्देशन सिर्जन बराल ‘ॠषी’ले गरेका हुन ।‘मोया त लाउँछ अझै पनि’ गितको सुरुवात मै चर्चित रेडियोकर्मी स्वर्गीय महाविर विस्वकर्माको मुक्तक वाचन गरेर विस्वकर्माप्रती श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?