न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
सारांश
- काठमाडौं ।
- आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ।
- बुधबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ।
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ।
बंगलादेशले दिएको २४५ रनको लक्ष्य न्युजिल्यान्डले ८ विकेटको क्षतिमा ४७.१ ओभरमा पुरा गर्यो। न्युजिल्यान्डका लागि मिचेल सान्टनरले नटआउट १७ रन जोड्दा रोश टेलरको ८२ रन जितका लागि आधार बन्यो। टेलरले ९१ बलमा ९ चौका हिर्काए। मार्टिन गुपटिल र नसिमले २५–२५ रन जोड्दा केन विलियमसनले ४० रनको योगदान दिए। बलिङमा बंगलादेशका मेहदी हसन मिराज, सकिब अल हसन, मोहमद सेइफुदिन र मोसाडक हुसेनले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ४ बल खेल्न बाँकी छदा २४४ रनमा सबै विकेट गुमाएको थियो। बंगलादेशका लागि साकिब अल हसनले ६४ रन जोडे। मोहमद मिथुले २६ रन जोडे भने तमित एकबालले २४ रन र सौम्य सरकारले २५ रन बटुले। सइफुदिनले २९ रनको योगदान दिए। बलिङमा न्युजिल्यान्डका हेनरीले ३ विकेट लिए भने ट्रेन्ड बोल्टले २ विकेट हात पारे।
प्रतिक्रिया