पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु

सारांश

  • १९ भदौ ९, भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
  • विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।
  • देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो ।

१९ भदौ ९, भारतको पञ्जाब प्रान्तमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटको बेला कारखानामै रहेका अन्य २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका कारखानामा बुधबार विस्फोट भएको थियो ।

पञ्जाबको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको थियो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाएका थिए ।भारत सरकारले यस घटनामा मारिएका प्रति व्यक्तिलाई २ लाख भारु क्षतिपूर्ति स्वरुप दिने भएको छ । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई ५० हजार भारु क्षतिपूर्ति दिइने समाचारमा जनाइएको छ । सोही कारखानामा गत वर्ष पनि विस्फोट भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?