बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
सारांश
- काठमाडौं, ८ माघ ।
- प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेको पिछडिएको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने बताएकी छन् ।
- सांसद नमुनाले पत्रकारह?
काठमाडौं, ८ माघ । प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेको पिछडिएको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने बताएकी छन् । सांसद नमुनाले पत्रकारह?सँग कुरा गर्दैै शपथग्रहणले जनताका पक्षमा काम गर्न अझै जिम्मेवारीबोध गराएको बताइन् ।
जनताले दिएको मतलाई सम्मान गर्दै राप्तीपारि बघौडा क्षेत्रको विकासमा लागिपर्ने उनले प्रतिबद्वता दोहोराइन् । निर्वाचन भएदेखि नै बघौडा क्षेत्रको विकासको लागि कदम चालिसकेको बताउँदै नमूनाले दिनरात नभनेर यस क्षेत्रका समस्या समाधान गर्न लाग्ने अठोट व्यक्त गरिन् ।
बाँके क्षेत्र नम्बर १ प्रदेश क बाट नमुना प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् । १ बर्षभित्र राप्तीपारिमा बिजुली बत्ती बालेर छाड्ने प्रदेश सांसद नमुनाले प्रतिबद्वता समेत जनाइन् ।
दुई चार ठाउँमा देखिएका समस्यालाई हल गरेर १ बर्षभित्र राजमार्ग निर्माण पूरा गर्ने बताउँदै सांसद नमुनाले डुबान र बाढीपीडितका समस्याह?लाई अल्पकालीन र दीर्घकालीन योजना बनाएर हल गरिने उल्लेख गरिन् । ५ बर्षभित्र यस निर्वाचन क्षेत्रले फड्को मार्ने भन्दै सांसद नमुनाले सो अनुसार योजना बनाएर काम शु? गरिएको जानकारी पनि दिइन् ।
प्रतिक्रिया