पहिरोले पोखरा—बागलुङ सडक पनि अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पहिरोले पोखरा—बागलुङ सडक पनि अवरुद्ध

सारांश

  • काठमाडौं, २१ असार ।
  • गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ ।
  • सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखि नै सडक अवरुद्ध बनेको हो ।

काठमाडौं, २१ असार । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ ।

सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखि नै सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् । धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आमबोटमा अलपत्र परेका छन् ।

सडक खुलाउनका लागि डोजर र एस्काभेटर बोलाएर परिचालन गर्ने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्वतले जनाएको छ । ट्राफिक प्रहरीका निमित्त प्रमुख काशीनाथ चौधरीका अनुसार डिमुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भएपनि वर्षा नरोकिएकाले तत्काल खुल्ने सम्भावना नरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?