एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल

सारांश

  • विराटनगर ।
  • बिच सडकमै साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
  • विराटनगर महानगरपालिका–४ दूध फारम चोकनजिक साइकलमा घर फर्किरहेका बेला विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाइमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

विराटनगर । बिच सडकमै साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

विराटनगर महानगरपालिका–४ दूध फारम चोकनजिक साइकलमा घर फर्किरहेका बेला विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाइमाथि कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतको स्रोतले जानकारी दिएको छ ।

अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ ।

पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?