कोभिड–१९ः एक युवती आइसोलेसनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
कोभिड–१९ः एक युवती आइसोलेसनमा

सारांश

  • दमौली ।
  • ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ।
  • ती किशोरीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो।

दमौली । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ। ती किशोरीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो।

कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसोलेसनमा राखिएको उपचार थालिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए। दुबईबाट आएका उनका भिनाजु एक हप्ता ससुरालीमा बसेको खुल्न आएको छ। “ज्वरो र श्वास फेर्न गाह्रो भएपछि निजका परिवारले स्वास्थ्य शाखामा सम्पर्क गरेका थिए, नगरपालिकाले एम्बुलेन्स मगाएर उपचार केन्द्र पठाएका हौँ।”

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले ती युवतीलाई हल्का ज्वरो देखिएको जानकारी दिए। उनका अनुसार युवतीको स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ। “रिपोर्ट प्राप्त नभएसम्म उनलाई आइसोलेसनमै राखिनेछ”, डा श्रेष्ठले भने। कोभिड–१९ का शङ्कास्पद बिरामीको उपचारका लागि केन्द्रमा २७ श्ययाको कक्ष तयारी अवस्थामा छ। जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसनकक्ष बनाइएको छ। म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसनकक्ष तयारी अवस्थामा छ।

दुईको नतिजा नेगेटिभ
दमौली अस्पतालमा स्वाबको सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउँदा नतिजा नेगेटिभ आएको छ। अस्पतालबाटै स्वाबको सङ्कलन गर्ने व्यवस्था मिलाइएको पहिलो दिन बिहीबार व्यास नगरपालिकाभित्रका दुई जनाको स्वाब सङ्कलन गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। परीक्षणका क्रममा दुवैको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।

कोभिड–१९ का शङ्कास्पद बिरामीले पोखरा गएर स्वाबको नमूना दिनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि अस्पतालले दमौलीबाटै स्वाब सङ्कलनको व्यवस्था मिलाइएकाले शङ्कास्पद बिरामीले अस्पतालमा आएर नमूना दिन सक्ने अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ महिने छोराको मिर्गौला दान गर्ने नेपाली दम्पत्ति
११ महिने छोराको मिर्गौला दान गर्ने नेपाली दम्पत्ति
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
राप्रपामा सकृय सदस्यता फारम बितरण अभियान शुरु, कमल थापाले बुझे फारम
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
गुठी विधेयक सम्बन्धी प्रस्ताव स्वीकृत
अाफुले  नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
अाफुले नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
सुवेदीको मुटु चल्न छाडे पछि !
सुवेदीको मुटु चल्न छाडे पछि !
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
कप्तान पारस खड्का ‘मदन भण्डारी क्रिकेट सम्मान’ बाट सम्मानित
वाइड बडी बिमान खरिदमा सरकार दोषी छैन : मन्त्री ढकाल
वाइड बडी बिमान खरिदमा सरकार दोषी छैन : मन्त्री ढकाल
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)
सशस्त्र प्रहरीका १८८ जना सईमा बढुवा (नामावली सहित)

तपाईंले छुटाउनुभयो कि?