पूर्वी मोरङमा पनि अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सकिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पूर्वी मोरङमा पनि अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सकिने

सारांश

  • पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।
  • उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् ।
  • नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो ।

पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।

उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो ।

अनलाइन प्रविधिबाट विद्युत् महशुल बुझाउन सकिने सेवा प्राधिकरणले यही मंसिर ४ गतेबाट शुरु गरेपछि उपभोक्ता हर्षित भएका छन् । यस्तो महशुल महालक्ष्मी विकास बैंक, ई–सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट, प्रालि, सिटी एक्सप्रेस, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाबाट तिर्न सकिनेछ ।

यस्तो महशुल किओस्क, मोबाइल एप र ई–बंैकिङ प्रणालीबाट पनि तिर्न सकिनेछ । उर्लाबारी वितरण केन्द्रअन्तर्गत उर्लाबारी नगरपालिकासहित पथरी शनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका र मिक्लाजुङ गाउँपालिका क्षेत्रमा ३५ हजार बढी उपभोक्ता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?