‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
४० पटक हेरिएको
Shares
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दको देशैभरि आंशिक प्रभाव परेको छ ।
  • कतिपय ठाउँमा त अज्ञात समुहले बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी समेत गरेको छ ।

काठमाडौं, ५ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्दको देशैभरि आंशिक प्रभाव परेको छ । कतिपय ठाउँमा त अज्ञात समुहले बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी समेत गरेको छ ।

पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् । प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्ने क्रममा सैनिक धर्मबहादुर थापाको हातमा चोट लागेको हो ।

त्यसैगरी पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । उता पाल्पाको रिब्दिकोट गाउँपालिकाको भवनमा पनि बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

उता मकवानपुरको भिमफेदी गाउँपालिका–९ गोलमोडमा हेटौंडाबाट तरकारी बोकेर पालुङतर्फ जाँदै गरेकोे मिनि ट्रकलाई रोकेर पाँचजनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?