पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पूर्व मिस नेपाल मलिना बनिन् मिस नेपाल यूएसको प्रशिक्षक

सारांश

  • विजय थापा, वाशिंगटन डिसी- पूर्व मिस नेपाल मलिना जोशी मिस नेपाल यूएस २०१८ को आधिकारिक प्रशिक्षकमा नियक्त भएकी छिन् ।
  • अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी हुन् ।
  • टेक्ससको ड्यालसमा आगामी १९ अगस्टदेखि हुने कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् ।

विजय थापा, वाशिंगटन डिसी- पूर्व मिस नेपाल मलिना जोशी मिस नेपाल यूएस २०१८ को आधिकारिक प्रशिक्षकमा नियक्त भएकी छिन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी हुन् ।

टेक्ससको ड्यालसमा आगामी १९ अगस्टदेखि हुने कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् ।

सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनिसकेकी मलिनालाई दोश्रो पटक आयोजक संस्थाले नियुक्त गरेको हो। मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर, डिस होमकी सद्भावना दूत, मिस भुटान युएसएकी आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्नियाकी आधिकारिक कोरियोग्राफी, विश्व वन्यजन्तु नेपालकी पूर्व युवा संरक्षण लगायतमा उनले काम गरिसकेकी छिन् ।

मिस नेपाल यूएस २०१८ को बिजेतालाई ४५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरुले निवेदनहरु दिन सुरु गरिसकेका छन् ।

जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ । साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्न आयोजकले आब्हान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?