सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
सारांश
- खसेको एक करोड पाँच लाख मतमा एमालेभन्दा ४५ हजार मात्र कम मत पाएको कांग्रेस ५७ सिटले पछाडि.
- एमाले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत, तर प्रत्यक्षमा ८० सिट कांग्रेस समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत, तर प्रत्यक्षमा २३ सिट माओवादी समानुपातिकमा १३ लाख ३ हजार ७२९ मत, तर प्रत्यक्षमा ३६ सिट राजपा समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत, प्रत्यक्षमा ११ सिट फोरम स् समानुपातिकमा ४ लाख ७० हजार २०१ मत, प्रत्यक्षमा १० सिट अन्य स् समानुपातिकमा ९ लाख ९६ हजार ६९५ मत, प्रत्यक्षमा ५ सिट – कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ ।
- प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ ।
खसेको एक करोड पाँच लाख मतमा एमालेभन्दा ४५ हजार मात्र कम मत पाएको कांग्रेस ५७ सिटले पछाडि.
एमाले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत, तर प्रत्यक्षमा ८० सिट
कांग्रेस समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत, तर प्रत्यक्षमा २३ सिट
माओवादी समानुपातिकमा १३ लाख ३ हजार ७२९ मत, तर प्रत्यक्षमा ३६ सिट
राजपा समानुपातिकमा ४ लाख ७२ हजार २५४ मत, प्रत्यक्षमा ११ सिट
फोरम स् समानुपातिकमा ४ लाख ७० हजार २०१ मत, प्रत्यक्षमा १० सिट
अन्य स् समानुपातिकमा ९ लाख ९६ हजार ६९५ मत, प्रत्यक्षमा ५ सिट
– कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ । प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख ८२ हजार २४० मत पाएको थियो । तर, त्यतिखेरको भन्दा अहिलेको निर्वाचनमा पाएको मत एक लाख ४६ हजार १४९ ले बढी छ ।
– प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा ५७ सिटले पछि प¥यो । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २७७ मत ल्यायो । उसले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत प्रत्यक्षमा पाएकोभन्दा ९१ हजार २१७ बढी हो ।
– माओवादीले स्थानीय तहको निर्वाचनमा १६ लाख दुई हजार ४५० मत पाएको थियो । यसपटक समानुपातिकमा दुई लाख ९८ हजार ७२९ कम मत पाएको छ ।
समानुपातिक मतगणना सकियो
एमालेलाई ३३।२४ र कांग्रेसलाई ३२।७७ प्रतिशत मत
समानुपातिकमा एमाले ४१, कांग्रेस ४०, माओवादी १७, राजपा र फोरमलाई ६–६ सिट
– निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।
– राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कुल सदर मतको ३ प्रतिशत मत कटाउने दल राष्ट्रिय दल बन्ने व्यवस्था छ । आयोगका सचिव तथा समानुपातिक निर्वाचनका मुख्य निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माका अनुसार गणना भएको मतलाई ‘टेबुलेसन’ भइरहेको छ । शर्माका अनुसार जति सकिन्छ, छिटो मतपरिणाम सार्वजनिक गरिनेछ ।
– एमाले ३१ लाख ७३ हजार ४९४ मतसहित पहिलो पार्टी बनेको छ । एमालेले कुल सदर मतको ३३।२४ प्रतिशत पाएको छ । त्यस आधारमा यसले ४१ सिट पाउन सक्ने अनुमान छ ।
– प्रत्यक्षतर्फको सिटमा तेस्रो भएको कांग्रेसले समानुपातिकमा भने एमालेकै हाराहारीमा मत पाएको छ । आयोगको तथ्यांकअनुसार कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । यो ३२।७७ प्रतिशत मत हो । कांग्रेसले ४० सिट पाउने अनुमान गरिएको छ ।
– माओवादीले १३ लाख तीन हजार ७२९ मत पाएको छ । १३।६५ प्रतिशत पाएको माओवादीले १७ सिट पाउने सम्भावना छ । राजपाले चार लाख ७२ हजार २५४ मत ल्याएर ४।९४ प्रतिशत कटाएको छ । फोरमले चार लाख ७० हजार २०१ ल्याएर ४।९२ प्रतिशत कटाएको छ । ती दुई दलले ६–६ सिट पाउने सम्भावना छ ।
– आयोगका अनुसार खसेको एक करोड पाँच लाख ८७ हजार मतमध्ये समानुपातिकमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । नयाँ दलका रूपमा रहेका विवेकशील साझा पार्टी र नयाँ शक्तिले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् ।
प्रतिक्रिया