गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन

सारांश

  • काठमाडौं १५ जेठ ।
  • आज देशभर गणतन्त्र दिवस मनाइँदैछ।
  • २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

काठमाडौं १५ जेठ । आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। २०६५ जेठ १५ गते संविधानसभाले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र नेपाली जनताले प्राप्त गरेको विशिष्ट राजनीतिक उपलब्धि हो। गाण्तन्त्रपछि २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएको छ। मुलुकमा नयाँ संविधान जारी भई संघीयता कार्यान्वयन प्रक्रिया अगाडि बढेको छ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै समृद्ध नेपाल–सुखी नेपालीप्रति सरकार अग्रसर रहेको स्पष्ट पारेका छन्।

राष्ट्रपतिको सन्देशमा गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था भएको सन्देशमा उल्लेख छ। ‘विश्वमै लोकप्रिय तथा समृद्ध पद्धतिका रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ,’ राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले विकासको प्रस्थानबिन्दु सबैलाई खाद्य व्यवस्था, आवास, कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा रहेको सन्देशमा उल्लेख गरेका छन्। ‘हामीले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएका छौं। संकल्प सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा छ, ‘गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो। जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य छ।’ गणतन्त्रका ११ बर्ष ब्यवस्था र अवस्थामा तालमेल मिलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
ओलम्पिक प्रतियोगितामा नेपालसँग सहकार्य गर्ने जापानको चाहना
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’
आज खण्डग्रास सूर्यग्रहण
आज खण्डग्रास सूर्यग्रहण
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
माधव नेपाल ब्याक नहुने
माधव नेपाल ब्याक नहुने
ओली र प्रचण्डले स्थायी कमिटि बैठकको एजेण्डा तय गरे
ओली र प्रचण्डले स्थायी कमिटि बैठकको एजेण्डा तय गरे

तपाईंले छुटाउनुभयो कि?