पोखरा विमानस्थलभित्र बम !
सारांश
- काठमाडौं, ३० बैशाख ।
- सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील मानिने विमानस्थलभित्रै बम भेटिएपछिको अवस्था के होला?
- नेपालको पर्यटकीय नगरी पोखरास्थिति आन्तरिक विमानस्थलभित्र बम भेटिएपछि यस्तै तनाव भएको छ ।
काठमाडौं, ३० बैशाख । सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील मानिने विमानस्थलभित्रै बम भेटिएपछिको अवस्था के होला?
नेपालको पर्यटकीय नगरी पोखरास्थिति आन्तरिक विमानस्थलभित्र बम भेटिएपछि यस्तै तनाव भएको छ । बिप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको क्रममा विगतको भन्दा आक्रामक रुपमा प्रस्तुत हुँदै ठाउँ ठाउँमा बम विस्फोट गराएका छन् ।
सो क्रममा पोखरा विमानस्थलको गेटैमा बम राखेपछि विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आइसकेको र बिस्पोज गर्ने काम सुरु बमका कारण गरिसकेका छन् । विमानस्थलका यात्रुहरु भने डराईरहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया