प्रदेशका लागि कांग्रेसले बनायो विधान समिति
सारांश
- काठमाडौं, १९ माघ – प्रमुख सत्तारुढ दल कांग्रेसले प्रदेश सभामा संसदीय दल गठन गर्न आवश्यक पर्ने विधानका लागि समिति बनाएको छ ।
- प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले केन्द्रीय सदस्य डा.
- मीनेन्द्र रिजालको संयोजकत्वमा प्रदेशस सभामा कांग्रेसको संसदीय दल गठन गर्न आवस्यक पर्ने विधानको मस्यौदा निर्माण गर्न तीन सदस्यीय समिति बनाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
काठमाडौं, १९ माघ – प्रमुख सत्तारुढ दल कांग्रेसले प्रदेश सभामा संसदीय दल गठन गर्न आवश्यक पर्ने विधानका लागि समिति बनाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको संयोजकत्वमा प्रदेशस सभामा कांग्रेसको संसदीय दल गठन गर्न आवस्यक पर्ने विधानको मस्यौदा निर्माण गर्न तीन सदस्यीय समिति बनाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र कानुनसचिव केशव रिजाल सदस्य छन् । समितिलाई जतिसक्यो छिटो विधानको मस्यौदा तयार गर्ने म्यान्डेट दिएको प्रवक्ता शर्माले बताए । समितिले विधानको मस्यौदा तयार गरेपछि पार्टीको केन्द्रीय समिति बैठक बोलाएर अनुमोदन गरी कार्यान्वयनका लागि प्रदेश–प्रदेशमा पठाउने तयारी कांग्रेसको छ । २३ माघसम्म सबै प्रदेशमा पहिलो प्रदेश सभा बैठक बसिसक्ने भएकाले त्यसअघि नै विधानको मस्यौदा तयार गरी आकस्मिक रूपमा केन्द्रीय समिति बैठक बोलाएर पारित गर्ने योजना रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले बताए ।
सातै प्रदेशमा प्रदेश सभाको बैठक बस्न सुरु भइसक्दा पनि कांग्रेसको दल गठन गर्न आवश्यक पर्ने विधान थिएन । जसका कारण प्रदेश सभामा पार्टीको नेतृत्व कसले गर्ने भन्ने अन्योल छ । प्रदेश सांसदलाई संसदीय अभ्यास सिकाउने कांग्रेसले सातै प्रदेशमा पार्टीका तर्फबाट निर्वाचित सांसदलाई संसदीय अभ्याससम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ ।
‘प्रदेश सभा बैठकमा पार्टीको उपस्थिति प्रभावकारी बनाउन अभिमुखी करण तालिम दिने निर्णय भएको छ,’ शर्माले भने । तालिमका लागि पार्टीले विज्ञलाई खटाउने शर्माले बताए ।
प्रतिक्रिया