जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
५५ पटक हेरिएको
Shares
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो

सारांश

  • हेटौंडा, २२ फागुन ।
  • मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
  • दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

हेटौंडा, २२ फागुन । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् । दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उहाँहरुलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा  ।
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा ।
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
मर्यादाक्रममा न्यायपालिकालाई तल किन ?
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
प्रधानमन्त्री ओलीले भने, ‘हिंसा र अपराध चल्दैन’
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?
संयुक्त टिकट काउन्टर
संयुक्त टिकट काउन्टर
Access from anywhere, anytime!