सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

सारांश

  • गोदावरी ।
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
  • आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उनले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन दिए ।

गोदावरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उनले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन दिए ।

अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले पुराना दल सक्किने होइन, सच्चिनु पर्छ भन्ने सन्देश दिएको टिप्पणी गरे । देश र जनताका पक्षमा काम गर्न सकिएन भने जनता निराश हुने भन्दै उनले पुराना दल सच्चिनुको विकल्प नभएको बताए ।

उनले गठबन्धन दलमा कुनै समस्या नरहेको बताउँदै साना–तिना समस्या भएकाले छलफल गरेर समाधान गरी गठबन्धन अगाडि बढ्ने स्पष्ट गरे । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारबारे गठबन्धन दलहरूबीच छलफल भइरहेकाले चाँडै निकास निस्केर प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?