प्रदेश नं. ३ को राजधानीमा बिजुक्छे विपक्षमा, बस्नेत पक्षमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
प्रदेश नं. ३ को राजधानीमा बिजुक्छे विपक्षमा, बस्नेत पक्षमा

सारांश

  • भक्तपुर, पुस २३ ।
  • सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी भक्तपुरलाई तोकेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले बनाउन नहुने बताएका छन् ।
  • सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ ।

भक्तपुर, पुस २३ । सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी भक्तपुरलाई तोकेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले बनाउन नहुने बताएका छन् ।

सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् ।

पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बिजुक्छले भक्तपुर केन्द्रीय राजधानी नजिक हुनुका साथै सम्पूर्ण सुविधा उपलब्ध भएको बताउँदै बाहिर जिल्लामा प्रदेश राजधानी बनाउनु उपयुक्त हुने बताए ।

तर, चुनावी एजेण्डा बनेको प्रदेश नम्बर ३ को राजधानी ठिमीलाई सरकारले अस्थायी राजधानी बनाउने प्रस्ताव ल्याएपछि बिजुक्छे त्यसको विपक्षमा रहनु भक्तपुरवासीको लागि खुुसीको कुरा होइन ।

कार्यक्रममा बिजुक्छेले रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापालाई स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरे ।

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर नै उत्तम छ : बस्नेत
नवनिर्वाचित प्रतिनिधिसभाका उम्मेदवार तथा एमाले युवा नेता महेश बस्नेतले  प्रदेश नम्बर ३ को राजधानी भक्तपुर नै उत्तम रहेको शिखरन्यूजको कुराकानीमा बताए ।

तर, भक्तपुरको सानोठिमीलाई प्रदेशको राजधानी बनाउनुपर्नेमा बस्नेत छन् । बस्नेत भक्तपुर २ नं. क्षेत्रका नवनिर्वाचित सांसद हुन् । बस्नेत भन्छन्, ‘चुनावी दौरानको क्रममा बोलेको मेरो प्रतिबद्वता पूरा भएको छ ।’

प्रदेशसभाका सदस्यहरु राहेन्द्रमान श्रेष्ठ, सशीजंग थापा र नवराज लामिछानेले पनि चुनावी दौरानका क्रममा सानोठिमीलाई प्रदेश नम्बर ३ को राजधानी बनाइने प्रतिबद्वता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?