चिसापानी जग्गा प्रकरणमा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
चिसापानी जग्गा प्रकरणमा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण

सारांश

  • नवलपरासी, १७ साउन ।
  • पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।
  • सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो ।

नवलपरासी, १७ साउन । पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौँले राष्ट्रिय आवास कम्पनी योजना कार्यालय बर्दघाटका कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई केन्द्रीय कार्यालयले स्पष्टीकरण सोधेको हो । योजना कार्यालय प्रमुख महेन्द्र थापा, लेखा शाखाका प्रमुख बेनी सागर अधिकारीलाई स्पष्टीकरण सोधिएको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक दूतबहादुर गुरुङले जानकारी दिए ।

जिल्लास्थित कम्पनीको योजना कार्यालय बर्दघाटका कर्मचारी र अन्य सरोकारवालाको मिलेमतोमा बर्दघाट–२ (साबिक माकर–२ ग) चिसापानीमा कित्ता नं १३१० को करीब तीन बिघा एक कट्ठा जग्गा सस्तो मूल्यमा बिक्री गर्न खोजिएको थियो । आवश्यकताअनुसार थप अनुसन्धान गरी दोषी पाइएमा कर्मचारीलाई कारवाही गरिने महाप्रबन्धक गुरुङको भनाइ छ । कूल आठ बिघा दुई कट्ठा १२ धुर जग्गामध्ये सुकुम्वासी, अस्पताल र क्याम्पसलाई जग्गा छुट्याएर बाँकी रहेको करीब तीन बिघा एक कट्ठा जग्गालाई घडेरीका रुपमा बिक्री गर्न कम्पनीले बोलपत्र आह्वान गरेको थियो । टेण्डर प्रक्रियाबारे स्थानीयवासीले पारदर्शी नभएको जनाउँदै विरोध जनाएपछि राष्ट्रिय आवास कम्पनी लिमिटेडले सो बोलपत्रहरु अस्वीकृत गरेको थियो ।

करोडाैँ मूल्य पर्ने जग्गालाई नक्कली कागज पत्र तयार पारी कौडीको भाउमा बिक्री गर्न खोजिएको जनाउदै स्थानीयवासीले राष्ट्रिय आवास कम्पनी योजना शाखा बर्दघाटनमा दुई साताअघि देखि तालाबन्दी गरेका थिए । यद्यपि बर्दघाट नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने जग्गा बिक्री गर्दा स्थानीय तहसँग कुनै समन्वय नै नगरी अनियमितता गर्न खोजिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताए । राष्ट्रिय आवास कम्पनीले सो स्थानमा कूल ५२ वटा प्लटका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गरिएको देखाएर नक्कली कागजात बनाएर एकलौटी रुपमा तिमिल्सिना टे«डर्स प्रा.लि.ले सबैजसो टेण्डर हाल्न लगाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?