प्रदेश २: स्थगित गरिएको परिक्षा आजदेखि सुरु, सुरक्षा व्यवस्थासमेत कडा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश २: स्थगित गरिएको परिक्षा आजदेखि सुरु, सुरक्षा व्यवस्थासमेत कडा

सारांश

  • काठमाडौं।
  • प्रदेश नम्बर–२ मा रद्द भएको एसईईको परीक्षा आजदेखि सुरु हुने भएको छ।
  • परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको प्रदेश नम्बर २ को एसइई परीक्षा आजदेखि पुनः हुने भएको हो ।
काठमाडौं। प्रदेश नम्बर–२ मा रद्द भएको एसईईको परीक्षा आजदेखि सुरु हुने भएको छ। परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित गरिएको प्रदेश नम्बर २ को एसइई परीक्षा आजदेखि पुनः हुने भएको हो ।
तीन विषय अंग्रेजी, गणित र नेपाली विषयको परीक्षा भइसकेपछिका विषयको प्रश्नपत्र बाहिरिएपछि रोकिएको परीक्षा आजदेखि पुनः सन्चालन गर्न लागिएको हो । परीक्षाका लागि सरकारले सुरक्षा व्यवस्थासमेत कडा बनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका अनुसार प्रश्नपत्रहरु थप सुरक्षाका साथ सिलबन्दी गरेर सम्बन्धित केन्द्रहरुमा पठाई सकिएको छ । प्रदेश–२ का ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?