बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०८०
|
|
१४ पटक हेरिएको
Shares
बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति

सारांश

  • काठमाडौं ।
  • ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा मारिएका मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ ।
  • सोमबार सरकार, गृह मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका प्रतिनिधिबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा मारिएका मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ । सोमबार सरकार, गृह मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका प्रतिनिधिबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

छलफलमा मृतकका परिवारलाई परिवारका सदस्यहरुसँगको सल्लाहमा एकरएक जनालाई उपयुक्त खालको रोजगारी दिने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाही गर्न गृहमन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई गृहजिल्लामा पुर्‍याउन गृहमन्त्रालयले प्रबन्ध मिलाउने सहमति भएको छ।

गत शुक्रबार १३ गते ईपीएस कोरिया शाखा कार्यालयमा फाराम भर्ने विषयमा भएको प्रदर्शनका क्रममा झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?