विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेका हुन : मसाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेका हुन : मसाल

सारांश

  • वैशाख १७, काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी मसालले भारतिय प्रधानमन्त्रिकाे नेपल भ्रमण विस्तारवादी नीति अन्तर्गत रहेकाे बताउकाे छ ।
  • मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति निकालेर नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध हुने बताएका छन ।

वैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतिय प्रधानमन्त्रिकाे नेपल भ्रमण विस्तारवादी नीति अन्तर्गत रहेकाे बताउकाे छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति निकालेर नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध हुने बताएका छन ।

नेपालको संविधान जारी हुन नदिन मोदी सरकारले दबाब दिएको, नेपालविरुद्ध नाकाबन्दी लगाएको, नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान चलाएको, तराईलाई नेपालबाट अलग गराउन पृथकतावादी समूहलाई उक्साउने काम गरेको र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको आरोप लगाउँदै उनले मोदी कुनै पनि अवस्थामा नेपालका मित्र नभएको बताएका छन् ।

‘हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।’ उनले भनेका छन्, ‘मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन्, त्यसैले हामीले उनको सरकारी वा गैरसरकारीस्तरमा स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्दछौं ।’

विस्तारवादी नीति अन्तर्गत मोदी नेपाल भ्रमणमा आउन लागेको मसालको ठहर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?