कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
सारांश
- माधव बेल्वासे कपिलबस्तु मङ्सिर १५ कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९शिवगढीको भगवानपूरमा शुक्रवार उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट भएको छ ।
- शुक्रवार दिउंसो करिब एक वजे नयाँ शातिm पार्टीका प्रतिनिधी सभा उम्मेदवार इलियाश मुसलमान घरदैलो अभियानमा हिडेको बेला अज्ञात समुह द्धारा बम बिष्फोट गरेका छन ।
- इन्डिया प्लेट एम.
माधव बेल्वासे
कपिलबस्तु मङ्सिर १५ कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९शिवगढीको भगवानपूरमा शुक्रवार उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट भएको छ । शुक्रवार दिउंसो करिब एक वजे नयाँ शातिm पार्टीका प्रतिनिधी सभा उम्मेदवार इलियाश मुसलमान घरदैलो अभियानमा हिडेको बेला अज्ञात समुह द्धारा बम बिष्फोट गरेका छन । इन्डिया प्लेट एम.ए.४३ ए.८३०० नम्बर रहेको उम्मेदवार मुसलमानले चढेको गाडीलाई लक्षित गरी बम बिष्फोट गरेक छ ।
बम बिष्फोट हुदा गाडीको अगाडीको भागमा सामन्या क्षति भएको छ भने मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय सुन्दरीडाडाले जनाएको छ । घटनाको खोज अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उतm घटना नेकपा नेतृत्व विप्लप माओबादीका कार्यकर्ताले गराएको हुनसक्ने आशंका रहेको छ ।तर सो को जिम्मा भने कसैले लिएको छैन
प्रतिक्रिया