प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गर्ने:मनिष सुमन

सारांश

  • जनकपुर २ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभामा शनिबार गर्ने भनिएको सम्बोधनलाई त्यहाँका केही सांसदहरुले बहिस्कार गर्ने भएका छन्।
  • राष्ट्रिय जनता पार्टीका  सांसद मनिष सुमनले आफू लगायतका केही सांसदले  बहिस्कार गर्न लागेको जानकारी दिए।

जनकपुर २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभामा शनिबार गर्ने भनिएको सम्बोधनलाई त्यहाँका केही सांसदहरुले बहिस्कार गर्ने भएका छन्। राष्ट्रिय जनता पार्टीका  सांसद मनिष सुमनले आफू लगायतका केही सांसदले  बहिस्कार गर्न लागेको जानकारी दिए।सुमनले भने, ‘मैले भने बहिस्कार गर्ने निर्णय गरेको छु। मसँगै अलका झा, परमेश्वर साह लगायत पनि बहिस्कार गर्दै हुनुहुन्छ।

सुमनले वन पर्यटन राज्यमन्त्री सुरेश मण्डलले पनि प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार गर्ने दाबी गरे।मुख्यमन्त्रीले प्रदेशसभाको नियमावली विपरित प्रधानमन्त्रीलाई बोलाउने काम गर्नुभयो’, सुमनले बहिस्कार गर्नुको कारण भने, ‘प्रधानमन्त्रीले पनि संसदीय नियमावली विपरित प्रदेशसभामा सम्बोधन गर्ने काम गर्नुहुँदैछ।’

सुमनले प्रधानमन्त्रीको  व्यवहार मधेस विरोधी देखिएकाले पनि बहिस्कार गर्नु परेको बताए। ‘सधैं मधेस विरोधी अभिव्यक्ति दिने को साक्षी नबस्ने उनले भने, ‘त्यसैले मैले बहिस्कार गरे।’सुमनले मधेसका प्रति विगतमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले क्षमा माग्नुपर्ने बताए। ‘सम्बोधन नै गर्दै हुनुहुन्छ भने क्षमा माग्ने सम्बोधन गर्नुहोस्’सुमनले भने।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipesh GM

    धोतीहरू

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?