कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेसको छायाँ सरकार केका लागि ? यस्तो छ मिन विश्वकर्माको जवाफ

सारांश

  • पुष २५, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सरकारले देश र जनताको हितमा काम गर्न नसकेकाले छायाँ सरकार बनाएर निगरानी गर्न खोजिएको दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले दुई तिहाई बहुमतको सरकारले मुलुकको आवश्यकताभन्दा पर गएर मनोमानी र अराजक ढंगले काम गर्न थालेकाले छायाँ सरकारको आवश्यकता परेको बताए ।

पुष २५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सरकारले देश र जनताको हितमा काम गर्न नसकेकाले छायाँ सरकार बनाएर निगरानी गर्न खोजिएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले दुई तिहाई बहुमतको सरकारले मुलुकको आवश्यकताभन्दा पर गएर मनोमानी र अराजक ढंगले काम गर्न थालेकाले छायाँ सरकारको आवश्यकता परेको बताए ।

केपी ओली नेतृत्वको सरकारको निगरानीका गर्न कांग्रेसको छायाँ सरकार सफल हुने विश्वकर्माको दावी छ ।

“प्रतिपक्षी दलको भूमिका भनेको सरकारको खबरदारी गर्ने हो । कांग्रेस त झन संसदीय व्यवस्थाका लागि लडेको पार्टी हो । सरकारले गरेका कामलाई रोक्ने जिम्मेवारी कांग्रेसको काँधमा छ ।” उनले भने ।

छायाँ सरकार कार्यकारी नभएकाले अनुगमन र निगरानीको भूमिका खेल्ने उनको भनाई छ ।

महासमिति बैठकपछि कांग्रेस एकढिक्का भएर अगाडि बढेको पनि विश्वकर्माको दावी छ । अब आशालाग्दो तरिकालले कांग्रेस अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?