प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गरे।
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दावी गरे। 
उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भइरहेको आरोप लगाए। 
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए। 
वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताए। उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी गरे। पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाइ छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली
हातहतियार सहित ६ जना पक्राउ
हातहतियार सहित ६ जना पक्राउ
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
जाजरकोट दरबारको अस्तित्व भूकम्पले मेटिँदै
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %

तपाईंले छुटाउनुभयो कि?