श्रमिकको गुनासो सुन्न सिंहदरबारमै ‘सहायता केन्द्र’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
श्रमिकको गुनासो सुन्न सिंहदरबारमै ‘सहायता केन्द्र’

सारांश

  • काठमाडौं, १९ पुस ।
  • सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न सहायता कक्ष कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
  • यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

काठमाडौं, १९ पुस । सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न सहायता कक्ष कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो ।

बैदेशिक रोजगारीमा विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न डेस्क स्थापना गर्ने तयारी अन्तिम चरणमा र्पुयाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यो सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिनेछ ।

सहायता केन्द्र स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सीधै टेलिफोनमार्फत आफ्ना गुनासा र उजुरी दर्ता गर्न सक्नेछन् । यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?