काठमाडौंको तापक्रम ८ डिग्री, मेघ गर्जनसहित लगातार पानी
सारांश
- काठमाडौं ।
- हिजो रातिदेखि काठमाडौंमा लगातार पानी परिरहेको छ ।
- शनिबार बिहानको तापक्रम ८ डिग्री रहेको छ ।
काठमाडौं । हिजो रातिदेखि काठमाडौंमा लगातार पानी परिरहेको छ । शनिबार बिहानको तापक्रम ८ डिग्री रहेको छ । बिहानैदेखि मेघ गर्जनका साथ पानी परिरहेको छ । पानी परेपछि जाडो बढेको छ ।
जल तथा मौसम विभागका अनुसार देशभर हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । आज राति देशको पुर्वी भूभागमा पूर्ण बदलीरहने जनाएको छ । बाँकी भूभागमा सामान्य बदलिरहने बताएको छ ।
देशको पूर्वी भेगका धेरै तथा मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया