प्रमुखदेखि वडाअध्यक्षसम्मको तलब तोकियो, कसको कति ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
२४
|
२८ पटक हेरिएको
Shares
प्रमुखदेखि वडाअध्यक्षसम्मको तलब तोकियो, कसको कति ?

सारांश

  • काठमाडौं, २२ फागुन – सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ ।
  • ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको हो ।
  •  आजको कान्तिपुर दैनिकमा खबर छ ।

काठमाडौं, २२ फागुन – सोमबार बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ । ती ऐन छलफलका लागि आगामी संसद् बैठकमा लैजाने निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार मुख्य न्यायाधिवक्ताको शपथ ढाँचा तयार गर्ने र प्रदेशका सबै प्रवेशद्वारमा प्रदेशको पहिचान झल्किने गरी स्थानीय सरकारको समन्वयमा होर्डिङ बोर्ड राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको फागुन १० को बैठकले दाङका वरिष्ठ अधिवक्ता ठाकुर डीसीलाई मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार सोमबारको बैठकमा स्वीकृत गरिएको स्थानीय तहका पदाधिकारीको सुविधामा जिसस प्रमुखका लागि मासिक ४१ हजार, उपप्रमुखका लागि ४० हजार, उपमहानगरपालिका प्रमुखका लागि ४० हजार, उपप्रमुखका लागि ३५ हजार, नगरपालिका प्रमुखका लागि ३५ हजार र उपप्रमुखका लागि ३० हजार, उपमहानगरपालिका र नगरपालिका वडाध्यक्षका लागि २५ हजार, गाउँपालिका अध्यक्षको ३० हजार र उपाध्यक्षका लागि २५ हजार तथा वडाध्यक्षका लागि २० हजार रुपैयाँ सुविधा तोकिएको छ ।

त्यस्तै उपमहानगरपालिका र नगरपालिकाका वडाध्यक्षले २५ हजार रुपैयाँ मासिक पाउनेछन् । कार्यपालिका र वडा सदस्यले भने बैठक भत्तामात्र पाउने व्यवस्था मस्यौदामा छ । समन्वय समिति, उपमहानगरपालिका, नगरपालिका प्रमुखले दैनिक भ्रमण भत्ताबापत २ हजार, उपप्रमुखले १ हजार ८ सय र सदस्यले १ हजार ६ सय पाउने छन् । गाउँपालिका अध्यक्षले १ हजार ८ सय र उपाध्यक्षले १ हजार ६ सय भत्ता पाउने व्यवस्था छ । सञ्चारबापत अध्यक्षले १ हजार ८ सय र सदस्यले १ हजार पाउने मस्यौदामा उल्लेख छ । स्थानीय तहका पदाधिकारीलाई मासिक सुविधा, सञ्चार खर्च, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता र यात्रा बिमा सुविधा उपलब्ध हुने व्यवस्था छ । सदस्यलाई बैठक भत्ता र यातायात सुविधा मात्र उपलब्ध छ । प्रदेश ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १ सय ९ स्थानीय तह छन् ।

बैठकले सरकारको ‘प्रदेश ५ आर्थिक कार्यविधि ऐन, २०७४’ पनि स्वीकृत गरेको छ । विधेयकमा प्रदेशमा कोष सञ्चालन प्रक्रिया, खर्च प्रक्रिया, बजेट तयार गर्ने विधि, लेखा परीक्षण, बेरुजु फछ्र्यौट विधि उल्लेख छ । त्यस्तै सरकारलाई संविधानले घरजग्गा दर्ता, सवारी, मनोरञ्जन विज्ञापन, पर्यटन, कृषि, आयकर, सेवा शुल्क र दण्ड जरिवाना कर संकलनको मापदण्ड तयार गरेको छ । सोमबारको बैठकले स्वीकृत दुवै विधेयक फागुन २७ गते बस्ने प्रदेशसभा बैठकमा छलफलका लागि पेस हुनेछ । संसद् बैठकले पारित गरी राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने संवैधानिक व्यवस्था छ ।

सरकारका प्रवक्ता चौधरीले स्थानीय तहका पदाधिकारीका लागि मासिक तलब नभई दैनिक कामकाजका आधारमा सुविधा व्यवस्था गरिएको बताए । ‘त्यसमा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता र यात्रा बिमा पनि छन्,’ उनले भने, ‘सभाका सदस्यलाई भने बैठक भत्ता र यातायात खर्चमात्र उपलब्ध हुनेछ ।’ दुवै विधेयक संसद्मा थप छलफल गरेर पास भएपछि कार्यान्वयनमा आउने उनले जानकारी दिए । तर स्थानीय तहका पदाधिकारीले उल्लेखित सेवा सुविधा कार्यभार संहालेकै मितिबाट पाउने उल्लेख छ ।

यसअघि सरकारले प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको प्रारम्भिक मस्यौदा तयार गरेको थियो । तर स्थानीय तहका जनप्रतिनिधिले सेवाविहीन अवस्थाबाटै लामो समयदेखि काम गर्दै आएकाले उनीहरूको समस्यालाई प्राथमिकतामा राखेर सरकारले पहिलो विधेयक स्वीकृत गरिएको जनाएको छ । अबको बैठकमा प्रदेशसभा सदस्यको सुविधासम्बन्धी विधेयक तयार गर्ने प्रवक्ता चौधरीले बताए ।

प्रतिक्रिया

24 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Lutnus comrade paxi ke ho ke thahaa xaina lutna paaenxa ki paayeedaina.

    Comment Author

    Dhan Giri

    देशको बिकास हईन ,भत्ता पो खान गाको जस्तो छ त नेता ज्यु?

    Comment Author

    Krishna Chapain

    Ani janta le k pauxan ?

    Comment Author

    Padam Paudel

    लूट देश लाई बर्बाद बनाउ

    Comment Author

    Arun Adhikari

    देस भर तलब खाने मात्रै जन्मने

    Comment Author

    Gangadhar Dhungana

    यति थोरै किन !!! जनताले आफ्नो खुन पसिना बेचेर पनि पाल्छन् नि !!!

    Comment Author

    Netra Ghimire

    जागिर पक्का

    Comment Author

    JN Marasini

    वार्ड सदस्यलाई पनि दिनुपर्छ ?

    Comment Author

    Devraj Pokhrel

    जन्ताको प्रतिनिधि आफै खाऊ आफै सुखसयल गरौ जन्ता जति भाडमा जाउन यस्तै छ यहाको चलन।।।

    Comment Author

    Satya Satya

    बडा सदस्यहरु लाई पनि तलब को सुबिधा देउ अनि वडामा Team building हुन्छ नत्र फेरि बडा भीत्र बिबाद श्रृजना हुन्छ

    Comment Author

    Narottam Pachhaldangya

    Sab Bhudi bharne matrai hun bikas ko Ta ktai kurai chaina Ba

    Comment Author

    Kamal Neupane

    तिमि छोटे राजा हरु ले बिभिन्न नाम मा जन्ता संग कर उठाउदै जति लुट्न सक्छौ लुट्नु !!

    Comment Author

    Kamal Neupane

    एउटा राजा लाई लखेटेको एहि गर्न लाइ हो थुक्क ! अब फेरि छोटे राजा हरुको बिरुद्द आन्दोलन गर्नु पर्छ जस्तो छ है ,

    Comment Author

    Rudra Dahal

    RADHE RADHE,,,,,,

    Comment Author

    Mongol Gunjan

    त्यसैको लागि पो मरिहत्ते गरेर गणतन्त्र गणतन्त्र भन्दा रहेछन।

    Comment Author

    Viplav Vikram Shah

    Yo janasewak ki Malik huna

    Comment Author

    Vesh Bahadur Gurung

    vayana aba nepalmai baser rajniti garnu parla wada adakshyalai samet 25 hajar rahexa

    Comment Author

    Bishnu Chapain

    अब जनताले धोका पाउछन्

    Comment Author

    Dammar Karki

    oda sadasya le pani talab paunu par6a natra hami birod garne 6u

    Comment Author

    Mr.Padma Raj Shakya

    Good news

    Comment Author

    Krishna Raj Purush

    थोरै भो वरु मलेशिया गए धेरै पाईन्थ्यो ।

    Comment Author

    Chandra Mokheya

    Gari khau kharani bhanda jogi dherai bhane jhai garip janta testaiko testai

    Comment Author

    Mgr Prakash

    Khub chusne bhaya janta ka ragat pasina

    Comment Author

    Keshav Adhikari

    लौ बाडिचुडी खाउ मोज गर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 24
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?