एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
सारांश
- काठमाडौं, २४ भदाै ।
- युएइकाे अाबुधावीमा यहि सेप्टेम्बर १५ देखि २८ सम्म हुन लागेकाे एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने भएका छन् ।
- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अाइसिसि ले एसिया कपका सबै खेललाई एकदिवसीय मान्यता दिने भएकाे हाे ।
काठमाडौं, २४ भदाै । युएइकाे अाबुधावीमा यहि सेप्टेम्बर १५ देखि २८ सम्म हुन लागेकाे एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अाइसिसि ले एसिया कपका सबै खेललाई एकदिवसीय मान्यता दिने भएकाे हाे । यसकाे साेझाे फाइदा भने हङ्कङ्लाई हुनेछ ।
एसिया कपमा सहभागी ६ टिम मध्ये हङ्कङ् बाहेकका अरु सबै टेस्ट मान्यता राष्ट्र हुन् । हङ्कङ्ले गएकाे विश्वकप छनाेट प्रतियाेगिताबाट एकदिवसीय मान्यता गुमाएकाे थियाे ।

मलेसियामा सम्पन्न एसिया कप छनाेट प्रतियाेगिताकाे विजेता बन्दै हङ्कङ्ले एसिया कपमा स्थान बनाएकाे थियाे । फाइनलमा एकदिवसीय मान्यता प्राप्त युएइलाई हराउँदै हङ्कङ्ले एसिया कपकाे यात्रा तय गरेकाे हाे । नेपाल भने तीन खेलमा पराजय व्यहाेर्दै चाैँथाे स्थानमा रहेर प्रतियाेगिता टुङ्ग्याएकाे थियाे ।
एसिया कपकाे समूह चरणमा हङ्कङ्ले भारत र पाकिस्तानकाे सामना गर्नेछ ।
प्रतिक्रिया