दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
दश महिनापछि कुस्तीको प्रशिक्षण शुरु हुँदै

सारांश

  • बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ ।
  • कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।
  • महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् ।

बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो ।

महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण शुरु गर्न लागिएको नेपाल कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिए । “कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला शुरु हुन लागेको हो”, उनले भने ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले बताए । कुस्तीमा नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि सो पदक सङ्गीता धामीले जितेका हुन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
पोखरामा प्रम
पोखरामा प्रम
विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द
विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह
नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह (मनछुने प्रेम कहानि)
बेहुलाको निधन भएको ९ महिनापछि समाधिमा गएर विवाह (मनछुने प्रेम कहानि)
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित
कोरोनो संक्रमितको संख्या नाघ्यो ७ करोड, अमेरिका सबैभन्दा बढि प्रभावित

तपाईंले छुटाउनुभयो कि?