सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने

सारांश

  • काठमाडौं ।
  • अर्थमन्त्री डा.
  • प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताएका छन् ।

सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री डा. महतले सार्वजनिक वित्त प्रणालीमा सुधारलाई बजेटको एक प्राथमिकताका रुपमा समावेश गरिएको बताए ।

प्रशासनिक लगायतका साधारण खर्च कूल बजेटको ७३ दशमलव १० प्रतिशत विनियोजन गर्दा पूँजीगत खर्चमा चाप परेको बताए । उनले सार्वजनिक प्रशासनलाई व्यावसायिक र प्रभावकारी बनाउने चुनौतीका बाबजुद सरकारका प्रयासले सकारात्मक सङ्केत देखा परेको उल्लेख गरे ।

उनले साधारण खर्चलाई सीमाभित्र राखी सार्वजनिक प्रशासनलाई प्रभावकारी र उपलब्धिपूर्ण बनाउने गरी बजेट तर्जुमा गरिएको जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?