प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण

सारांश

  • पोखरा, ८ जेठ ।
  • पोखरामा चार दिने सूचना तथा प्रविधि अभिमुखीकरण तालिम शुरु भएको छ ।
  • गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको हो ।

पोखरा, ८ जेठ । पोखरामा चार दिने सूचना तथा प्रविधि अभिमुखीकरण तालिम शुरु भएको छ ।

गृह मन्त्रालयको आयोजनामा सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण तालीम शुरु भएको हो ।

समयसापेक्षरुपमा सेवाको गुणस्तरीयताका साथै छिटोछरितो जनमुखी प्रशासन कायम गराउने लक्ष्यका साथ आयोजित अभिमुखीकरणमा प्रदेश नं ४ का मन्त्रालयअन्तर्गतका कम्प्यूटर सेवातर्पm ३० जना कर्मचारीको सहभागिता रहेको छ ।

अभिमुखीकरणको शुभारम्भ कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले वर्तमान युग सूचना प्रविधिको युग भएको बताउँदै दक्षता अभिवृद्धि बिना प्रभावकारी सेवा प्रभाव गर्न नसकिने बताए ।

सूचना तथा प्रविधि शाखाका उपसचिव शम्भुप्रसाद मरासिनीले अभिमुखीकरणका क्रममा सेवा प्रवाह गर्दा आइपर्ने व्यावहारिक समस्याका साथै विविध पक्षमा जानकारी गराइने बताए ।
उपक्षेत्रीय प्रशासक गिरीधारी सुवेदीले अभिमुखीकरण तालीममा सिकेका विषयलाई सहभागीले व्यवहारमा उतार्दै सेवाग्राहीको विश्वास जित्न आग्रह गरे ।

कार्यक्रममा शम्भुप्रसाद मरासिनी, टीकाराम दाहाल, सुवास घिमिरे, पुरुषोत्तम पौडेल, लक्ष्मणकिरण थापा, अमुल पराजुली, सन्तोष सिग्देल, लिलाबहादुर मगरले सूचना प्रविधिका विभिन्न पक्षमा तालीम दिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
सर्वोच्चको अन्तरिम आदेशपछि बाजेको सेकुवामा लगाइएको ताला खुल्ने
वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड
वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
हुलाक वचत बैंक खारेज, २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा
हुलाक वचत बैंक खारेज, २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
यसरी भयो गर्भपतन गैरकानुनी !
यसरी भयो गर्भपतन गैरकानुनी !
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !

तपाईंले छुटाउनुभयो कि?