बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह

सारांश

  • काठमाडौँ ।
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।
  • अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।

“नीति तथा कार्यक्रममा विभिन्न विषय समेटिएका छन्, यसको सही मूल्याङ्कन कार्यान्वयन भए पछि हुने हो”, उनले भने, “सीमित स्रोतसाधनका बाबजुद जनताको जनजीवनसँग जोडिएका विषय सम्बोधनका लागि न्यायोचित बजेट बिनियोजन आवश्यक छ । त्यसैअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ ।”

सुशासन प्रवद्र्धन तथा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका लागि विधिको शासन लागू हुनुपर्ने बताउदै उनले कानुन अरुलाई मात्रै लागू हुने र आफ्ना लागि लागू नहुने भन्ने सोच खराब रहेको बताए।

“नक्कली भुटानी शरणार्थी प्रकरण पनि विधिको शासनअनुसार छानबिन र कारबाहीको दायरामा ल्याइनुपर्ने उनको भनाइ छ । तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न र प्रभावकारीरुपमा काम गर्ने बनाउनका लागि आवश्यक कानुन निर्माणमा शीघ्रता दिनुपर्ने पनि उनले बताए । उनले सातवटै प्रदेशको विशेषता झल्किने गरी योजना ल्याउन सुझाव दिए ।

सङ्घीय राजधानीको एकीकृत विकास योजना बनाइनुपर्ने तथा समन्वय इकाइ गठन गर्नुपर्ने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका योजना मात्रै केन्द्रबाट सञ्चालन गर्नुपर्ने, मझौला र साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउने, नेपाली वस्तुको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण
प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
केरलाको बाढीः मृत्यु हुनेको संख्या ४४५ !
केरलाको बाढीः मृत्यु हुनेको संख्या ४४५ !
संविधान कार्यान्वयनका लागि ऐतिहासिक निर्वाचनको अन्तिम चरण बिहीबार
संविधान कार्यान्वयनका लागि ऐतिहासिक निर्वाचनको अन्तिम चरण बिहीबार
काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी
काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी

तपाईंले छुटाउनुभयो कि?