शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

सारांश

  • लिल्ले, फ्रान्स, १६ असोज ।
  • उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ ।
  • सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन् ।

लिल्ले, फ्रान्स, १६ असोज । उत्तरी फ्रान्सको शिते इस्लामिक केन्द्रका मुख्यालयहरु तथा यसका नेताहरुका घरमा करिब २०० फ्रान्सेली प्रहरीले छापा पारेको छ । सुरक्षा स्रोतहरुले यी शंकास्पद व्यक्ति र संस्थाहरुले आतङ्कवादी संस्थाहरुलाई मद्दत गरेको जनाएका छन् । आतङ्कवादी कृयाकलापबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी ग्रान्ड सिन्थेस्थित जाहरा सेन्टरको कार्यालयमा प्रहरीले छापा मारेको क्षेत्रीय प्रहरीले जनाएको छ । सुरक्षा स्रोतका अनुसार यसक्रममा ११ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उक्त सेन्टरको सम्पत्ति पनि रोक्का राखेको छ । यो सेन्टरको नेतृत्व याहिआ गौसमीले गरिरहनुभएको छ । उहाँमाथि इरानसँग नजिकिएको र यहूदी बिरोधी धारणा सार्वजनिक गर्ने गरेको आरोप छ ।

प्रहरीले उक्त सेन्टरका गतिविधिहरुलाई नजिकबाट नियालीरहेको जनाएको छ । यो सेन्टरले धेरैवटा आतङ्कवादी संस्थालाई मद्दत गरेको तथा फ्रान्सका नीति नियमभन्दा फरक धारणा राख्दै आएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । सेन्टरको वेबसाइटमा सन् २००९ मा सेन्टर स्थापना भएयता यसले इस्लाम धर्मका बारेमा जानकारी दिने गरेको उल्लेख छ । इरानी विपक्षी समूहले गत जुनमा फ्रान्समा आयोजना गरेको भेलामा बम हमला गर्ने योजनामा यो सेन्टरसँग आबद्ध व्यक्तिको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले बेल्जियम, फ्रान्स र जर्मनीबाट पनि ६ जनालाई पक्राउ गरेको छ । यो बम हमलामा इरानी कुटनीतिज्ञको समेत संलग्नता रहेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?