बदलीसँगै फेरि वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बदलीसँगै फेरि वर्षाको सम्भावना

सारांश

  • काठमाडाैं।
  • भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ ।
  • उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडाैं। भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले बदलीसँगै देशका मध्य र पूर्वका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन्। सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उनले उल्लेख गरिन्। मौसमविद् बासीका अनुसार मौसमी प्रणाली भित्रिए पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने वृद्धि नहुने क्रमशः तापक्रम वृद्धि हुँदै जानेछ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली भई घाम नलागेका कारण बढी चिसो महसुस गरिएको छ। देशका पूर्व, मध्य र पश्चिम तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागे पनि आज अपराह्नदेखि कुहिरो हटिसकेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव चार डिग्री सेल्सियस र अधिकतम तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।

शनिबार र अघिल्ला केही दिन काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुईदेखि तीन डिग्रीको हाराहारीमा पुगे पनि घाम लागेका कारण चिसो कम भएको थियो । माघ महिनामा दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?