श्रीमती कुट्ने श्रीमानलाई जन्म कैद !
सारांश
- चितवन , ०३ जेठ् ।
- आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतले बुधबार एक जना श्रीमानलाई जन्म कैदको फैसला सुनाएको छ ।
- २०७४ जेष्ठ २१ गते राती घरमा सुतिरहेकी आफ्नै २६ बर्षिया श्रीमती रेखा राउतलाई हत्या गरेको आरोपमा उनका श्रीमान ३५ बर्षका पप्पु राउतलाई न्यायाधीश कुलप्रसाद शर्माको इजलासले जन्मकैदको फैसला सुनाइएको हो ।
चितवन , ०३ जेठ् । आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरी हत्या गरेको आरोपमा चितवन जिल्ला अदालतले बुधबार एक जना श्रीमानलाई जन्म कैदको फैसला सुनाएको छ ।
२०७४ जेष्ठ २१ गते राती घरमा सुतिरहेकी आफ्नै २६ बर्षिया श्रीमती रेखा राउतलाई हत्या गरेको आरोपमा उनका श्रीमान ३५ बर्षका पप्पु राउतलाई न्यायाधीश कुलप्रसाद शर्माको इजलासले जन्मकैदको फैसला सुनाइएको हो ।
भारत पूर्वी चम्पारण घर भएका राउत मजदुरी काम गर्ने क्रममा भरतपुर–३ स्थित बेलचोकमा भाडामा बस्दै आएका थिए । श्रीमान् श्रीमतीको झगडाको क्रममा पति पप्पुको कुटपिटबाट श्रीमती रेखा गम्भीर घाइते भएकी थिइन् ।
रेखाको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया