मौरी किसानलाई चरनको समस्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
मौरी किसानलाई चरनको समस्या

सारांश

  • चितवन, १३ मङ्सिर,मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेर मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् ।
  • चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दछन् ।
  • नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चरनका लागि मौरीका घार नल्याउन पत्र काटेका हुन् ।

चितवन, १३ मङ्सिर,मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेर मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् । चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दछन् ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चरनका लागि मौरीका घार नल्याउन पत्र काटेका हुन् । उहाँले अहिले चितवनका ८० प्रतिशत मौरीका घार बाहिरी जिल्लामा रहेको जानकारी दिनुभयो । यहाँका मौरीपालकले मौरीको चरन क्षेत्र खोज्दै दाङ, अर्घाखाँची, प्युठान, रोल्पालगायतका जिल्लामा घार लैजाने गर्दछन् । सबैभन्दा बढी घार दाङमा लगिन्छ । त्यहाँ तोरी र चिउरी चरनका लागि लाने गरिन्छ । ७० प्रतिशत हाराहारी घार दाङमा भएको पौडेलले बताउनुभयो ।

महासङ्घका अनुसार ३३ जिल्लामा मौरीपालक किसानको सञ्जाल छ । मौरीपालक किसान विष्णु भुसालका अनुसार बाहिरी जिल्लामा घार लान नपाएमा यहाँको चरनले धान्ने अवस्था छैन । चितवनमा २१ लाख मौरीको गोला र २१ हजार मौरीका घार छन् । त्यस्तै पाँच सयको हाराहारीमा मौरीपालक किसान छन् । महासङ्घले जङ्गल फँडानी, तोरीमा विषादी, चरन क्षेत्रमा रोकलगायतले मौरीपालक किसानलाई समस्या भएको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमल्सिना मौरी चरनले कृषकलाई बेफाइदा नहुने बताउनुहुन्छ । परागसेचित हुने बालीका लागि मौरी र अन्य कीरा महत्वपूर्ण हुने उहाँले बताउनुभयो । यस्ता बालीमा फूलको भाले अङ्गमा रहेको परागकण स्त्री केशरमा सेचन गराउने काम गर्ने हुँदा बाली पनि राम्रो हुने उहाँको भनाइ छ । मौरी डुलेर बिगार हुन्छ भन्ने कृषकको धारण रहेको बताउँदै उहाँले त्यस्तो नभई पुष्प र पराग दुवै खेरजानबाट बच्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष शर्माका अनुसार नेपालमा अहिले ५७ हजार मेलिफेरा र एक लाखमाथि सेराना मौरीको घार रहेका छन् । पाँच हजार ५०० व्यावसायिक कृषक रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हंशपुरमा विजयी भएपछि राजपाको खुशी
हंशपुरमा विजयी भएपछि राजपाको खुशी
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
Играть в бесплатные игры онлайн-казино без регистрации Демо-игры казин
हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह
हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह
‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम
छोरी, ज्वाँई र नातीसँग विदावारी भएर उपचारको लागि भारत उडे बाबुराम
साइँला र साइँली अब ठूलाे पर्दामा
साइँला र साइँली अब ठूलाे पर्दामा