बहुविवाह गरेर भागेका कमल विक प्रहरीको फन्दामा
सारांश
- काठमाडौं, २२ माघ ।
- बहुविवाह गरी फरार रहेका दाङको घोराही उपमहानगरपालिका– १५ निवासी ३१ वर्षीय कमल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले उनीमाथि ठेकिएको जरिवाना तथा कैद असुल उपरका लागि दाड देउखुरी जिल्ला अदालतमा पठाइएको जानकारी दिइन् ।
काठमाडौं, २२ माघ । बहुविवाह गरी फरार रहेका दाङको घोराही उपमहानगरपालिका– १५ निवासी ३१ वर्षीय कमल विकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले उनीमाथि ठेकिएको जरिवाना तथा कैद असुल उपरका लागि दाड देउखुरी जिल्ला अदालतमा पठाइएको जानकारी दिइन् ।
बहुविवाह मुद्धामा २०६८ माघ १५ गते दाङ देउखुरी जिल्ला अदालतले ५ हजार जरिवाना र ११ महिना १३ दिन कैदको फैसला गरेको थियो । उषा बिकको जाहेरीमा अदालतले सो फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो । अदालतको फैसलापछि पनि विक फरार रहेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया