राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
३७३ पटक हेरिएको
Shares
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले

सारांश

  • निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
  • त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।
  • पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।

निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपा नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका थिए ।

प्रहरीसँगको झडपमा पूर्वअध्यक्ष पशुपति समशेर राणासमेत घाइते भएको राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले बताए। राणासँगै सइन्द्रा वान्तवा, रोशन कार्की, राजाराम बर्तौलालगायत दर्जनौं कार्यकर्ता घाइते भएको उनले बताए।

शान्तिबाटिकामा जम्मा भएर कान्तिपथतर्फ अघि बढेका उनीहरुलाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रदर्शनकारी प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले अश्रुग्यास हानेको छ भने राप्रपा कार्यकर्ताले ढुंगा हाने ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता पनि घाइते भएका छन् । सधैं व्यस्त रहने कान्तिपथको सडक राप्रपा र प्रहरीबीचको झडपले तनावग्रस्त बनेको छ । सडक अश्रुग्यासले कुहिरीमण्डल बनेको छ । अहिले राप्रपाका कार्यकर्ताहरुले सडकमै आगो बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?