बैतडीका जनतालाई बाटो मर्मतपछि सहजता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बैतडीका जनतालाई बाटो मर्मतपछि सहजता

सारांश

  • बैतडी, २४ साउन ।
  • दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो ।
  • पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो ।

बैतडी, २४ साउन । दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो । गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजाँदा नदीमा खस्ने डर हुन्थ्यो । अहिले सो क्षेत्रमा गाउँपालिकाले बाटो मर्मत गरेर फराकिलो पारेपछि सहज भएको छ । हिउँदमा खच्चरमा सामान बोक्ने गरेकामा वर्षातमा बाटोको समस्याले खच्चरमा सामान ढुवानी गर्न सकिँदैनथ्यो ।

अहिले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मानमती कार्कीले भने । दोगडाकेदार–६ मा करीब एक हजार ३०० मिटर बाटो मर्मत भएको छ । यो रिम र सित्तडलाई जोड्ने मुख्य बाटो हो । गाउँपालिकाको रु २० लाख सहयोगमा पन्ज्युनयाँ–खौला बाटो मर्मत गरिएको हो । “वर्षातमा भारी बोकेर आउन निकै समस्या थियो, अहिले त्यो समस्या हटेको छ,” दोगडाकेदार–१ रिमका प्रेमराम भुलले भने। पहिला वर्षाका बेला हिँड्डुल गर्न नसकिने अवस्था थियो । दैनिक उपभोग्य समान किन्न बजार जानुपर्ने हुन्छ । बाटो अप्ठेरो हँुदा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । सरोकारवालाले ध्यान नदिँदा स्थानीय बासिन्दाले गुनासो गर्दैआएका थिए ।

स्थानीय बासिन्दाको मुख्य आवश्यकताका आधारमा बजेट विनियोजन गरेर बाटो मर्मत गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । आवश्यकताका आधारमा योजना छनोट गर्ने गरिएको उहाँको भनाइ छ । विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना छनोट हुने गरेको कार्कीको आरोप छ । “योजना सम्पन्न भएपछि अनुगमनलाई कडाइका साथ लागू गरेका छौँ”, कार्कीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
वामदेवको एकता अभियानमा के के देखियो
वामदेवको एकता अभियानमा के के देखियो
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो

तपाईंले छुटाउनुभयो कि?