इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’

सारांश

  • उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी केटौले उमेरका नेता हैनन् ।
  • उनले आफैं भनिसकेका छन्( मेरो एउटा छोरो ३१ वर्षको छ, अर्को २४ वर्षको ।
  • करिब ३० वर्ष राजनीतिमा बिताइसकेका मेयर चौधरी गुण्डागर्दी गर्ने पृष्ठभूमिका व्यक्ति पनि हैनन् ।

उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी केटौले उमेरका नेता हैनन् । उनले आफैं भनिसकेका छन्( मेरो एउटा छोरो ३१ वर्षको छ, अर्को २४ वर्षको । करिब ३० वर्ष राजनीतिमा बिताइसकेका मेयर चौधरी गुण्डागर्दी गर्ने पृष्ठभूमिका व्यक्ति पनि हैनन् । चौधरीको विगत राजनीतिक रहँदै आएको छ । तर, अहिले उपमहानगरपाकिलाका कर्मचारी कुटेर पत्रकारलाई समेत लोपारिसकेका चौधरी बुढेसकालमा फौजदारी जोश निकाल्दै भन्छन्( पहिले हातमात्रै चलाएँ, अब लात चलाउँछु । अब लात्तै लात्ताले हान्छु ।’
आखिर मान्छे हो, आवेशमा कतिपय कमजोरीहरु हुन पनि सक्छन् । इटहरी उपमहानगरनगरपालिका कर्मचारी र एकजना पार्टी नेतालाई कुटपिट गरेकोमा आलोचना खेपिरहेका चौधरीले गल्ती पो महसुस गरे कि ? उनले क्षणिक आवेशमा आएर पो यस्तो व्यवहार देखाएका हुन् कि ? बुधबारको घटनापछि ठण्डा दिमागले सोचेर चौधरीले आफ्नो कमजोरी महसुस गर्न पनि त सक्लान् कि ?

यही मानवीय पक्षलाई विचार गर्दै बिहीबार दिउँसो मेयर चौधरीलाई सोध्यौं ‘आफ्नै कर्मचारी, पार्टी नेता र स्थानीय पत्रकारसँग तपाईको सम्बन्ध किन बिग्रियो ? अनि यसरी हातै हाल्नु तपाईको गल्ती हो कि होइन ?’ तर सबैको अनुमान विपरीत मेयर चौधरी अझै आक्रामक रुपमा प्रस्तुत भए । कानूनको शासन रहने लोकतान्त्रिक एवं सभ्य समाजले नै नपचाउने खालको अराजनीतिक भाषामा प्रस्तुत भए मेयर चौधरी ।

युवावस्थामै भएको भए उनी आवेशमा आए भन्न सकिन्थ्यो । गुण्डागर्दीको छवि भएको भए पनि यस्तै हो भन्न सकिन्थ्यो । तर, पूर्वएमालेको जिल्ला प्रमुख भइसकेका र यसअघि १० वर्ष जनप्रतिनिधिको भूमिका निभाइसकेका यी नेताले ‘लात्ताले हान्ने’ र ‘ताजन दिने’ बाहेक तलको कुरै गरेनन् । उनले भ्रष्टाचार गर्ने कर्मचारीलाई लात्तले हानेरै तह लगाउने चेतावनी दिए । यत्राको नियम कानून ! तिनीहरु नियम कानून मिलाएर भ्रष्टाचार गर्छन्, म लात्ताले हान्छु !’

उपमहानगरपालिकाको नेतृत्व गरिरहेका मेयर चौधरीले इटहरीका २० वटै वडाका वडाध्यक्ष, सचिव र नगरपालिकाका कर्मचारीलाई लात्तैलात्ताले हान्ने बताए । ‘इटहरी सरकार’ मा संकट आउन सक्ने र आवधिक निर्वाचनसमेत हुने सक्ने उनले बताए । आफूले पत्रकारलाई लोपारेको भिडियो भाइरल बनेको भन्दै चौधरीले खुशी प्रकट गरे । अनलाइनखबरबाट

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
३४ वर्षपछि एमालेबाट ‘सन्यास’: छोरा रास्वपा उम्मेदवार बनेपछि रामचन्द्र उप्रेतीले छाडे पार्टी
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो
प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक भोलिलाई स-यो
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा

तपाईंले छुटाउनुभयो कि?