बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

सारांश

  • बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ ।
  • गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो ।
  • स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन् ।

बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ ।

गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो । स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन् ।

सय दिन लगाएर गरिएको अनुसन्धानले टिलापिया जातको माछा उत्पादनका लागि बैतडी जिल्ला उपयुुक्त रहेको देखिएको अनुसन्धानमा सहभागी महेश बुढामगर बताउनुभयो ।

उक्त माछाको उत्पादनका लागि पानीको तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको उपयुक्त हुने अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । यो जातको माछाको माग उच्च रहेको बताइएको छ । विशेषत टिलापिया माछामा काडा नहुने भएको हुँदा वृद्ध, बच्चा जसले पनि सजिलै खान सक्ने हुँदा यसको माग उच्च हुने गरेको छ । स्थानीय बजारमा यो जातको माछा प्रतिकिलो रु ५०० बिक्री भइरहेको छ ।

नदी, खोलानालाका माछा मारेर खाने चलन बनाएका स्थानीय किसान हाम्रो यो सानो प्रयासले गर्दा माछापालनप्रति आकर्षित भएका छन् र माछापालनबाट पनि जीवनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेका छन् । एकलिङ्गीय टिलपिया माछाको वृद्धिदर अरुभन्दा चाँडो हुने सङ्केत देखिएको छ ।

द्विलिङ्गीय हुँदा पोखरीमै प्रजनन गर्ने गर्दछन् जसले गर्दा उनीहरुको सामर्थ प्रजनन हुँदा अधिकतम मात्रामा प्रयोग हुने गर्दछ । तर एकलिङ्गीय माछाको कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?