योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
४० पटक हेरिएको
Shares
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरेका छन् ।
  • पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरेका छन् ।

पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति क्षत्रीले भने, “समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै आएका बेला योगाभ्यासको माध्यमबाट मन, मस्तिष्क र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सुरक्षा निकायमा पनि योगाभ्यास क्रमशः विस्तार हुँदै गएको छ ।

पतञ्जलि योग पीठ नेपालका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले योगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने धारणा व्यक्त गरे ।

पतञ्जलि योग पीठ नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगाभ्यासले मनोबल उच्च बनाउनाका साथै शारीरिक र मानसिक तनावबाट मानिसलाई छुटकार दिलाउन सहयोग पु¥याउँछ भने ।

उक्त शिविरमा नेपाली बलाधिकृत रथी बलदेवराज महत, रथी बृन्ददेखि सकलदर्जा, सैनिक परिवारजनसमेत गरी ४०० जनाको सहभागिता रहेको थियो ।

शिविरमा योग र प्राणायमसम्बन्धी ज्ञान दिइएको थियो । योग शिविर बिहान ६ देखि ८ बजेसम्म दैनिकरूपमा सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nar Bista Bista Bista

    पहिले देश बचाउन लाग्नुस क्षेत्री ज्यु , योग साधना तिर पछि लाग्नु होला।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?
विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?
काङ्ग्रेसको चियापान कात्तिक १६ मा
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
स्वराजले गरिन समृद्धिको कुरा , राजपा नेताले गरे संविधान संशोधनको कुरा !
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : नेपाल
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : नेपाल
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
तातोपानी नाका मालवाहक सवारीका लागि मात्र
तातोपानी नाका मालवाहक सवारीका लागि मात्र