सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, श्रावण १३, २०८३
|
|
८ पटक हेरिएको
Shares
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय

सारांश

  • नेपाली चलचित्र प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन नायक विजय बराल घाइते भएर पनि सफलतापूर्वक छायांकन सम्पन्न भएको छ।
  • अघिल्लो चलचित्रको व्यावसायिक सफलतापछि यो टोलीको दोस्रो सहकार्यले नेपाली चलचित्र बजारमा नयाँ उत्साह थपेको छ।
  • गत जेठ १ गतेदेखि सुरु भएको यो छायांकन यात्रा लगातार ४० दिनसम्म विभिन्न स्थानमा खिचिएपछि मंगलबार विधिवत् रूपमा अन्त्य भएको हो।

नेपाली चलचित्र प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन नायक विजय बराल घाइते भएर पनि सफलतापूर्वक छायांकन सम्पन्न भएको छ। अघिल्लो चलचित्रको व्यावसायिक सफलतापछि यो टोलीको दोस्रो सहकार्यले नेपाली चलचित्र बजारमा नयाँ उत्साह थपेको छ।

गत जेठ १ गतेदेखि सुरु भएको यो छायांकन यात्रा लगातार ४० दिनसम्म विभिन्न स्थानमा खिचिएपछि मंगलबार विधिवत् रूपमा अन्त्य भएको हो। नायक बराल छायांकनकै क्रममा घाइते परी हातमा चोट लागे पनि छोटो विश्रामपछि काममा फर्किएका थिए।

चलचित्रको मुख्य भूमिकामा रहेका बरालले हातको चोटका कारण यसपटकको अभिनय यात्रा कष्टकर बनेको अनुभव सञ्चारमाध्यम समक्ष साझा गर्नुभएको छ। यद्यपि, चलचित्रको मौलिक विषयवस्तु र आफूले निर्वाह गरेको जीवन्त पात्रप्रति उहाँ निकै उत्साहित देखिनुहुन्छ।

यो चलचित्रको निर्देशन सरोजले गर्नुभएको हो भने मुख्य भूमिकामा विजय बरालसँगै नायिका अञ्जना बराइली रहनुभएको छ। ऐतिहासिक व्यापारिक रेकर्ड राख्न सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को चर्चित टोलीकै यो दोस्रो प्रस्तुति भएकाले पनि चलचित्रप्रति दर्शकको चासो देखिएको निर्माण पक्षको भनाइ छ। सबिन अधिकारी र वसन्त न्यौपानेको ससक्त लेखन रहेको यस चलचित्रको मूल कथा स्वयम् निर्देशक सरोजले नै तयार पार्नुभएको हो।

दर्शकहरूको तीव्र पर्खाइका बीच निर्माण पक्षले आगामी मंसिर ४ गतेलाई चलचित्र प्रदर्शनको अन्तिम मिति तय गरिसकेको छ। निर्माण पक्षका अनुसार चलचित्रले नेपाली मौलिक संस्कृति र सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्नेछ। छायांकन सकिएसँगै अब चलचित्रको प्राविधिक तथा सम्पादनको काम द्रुत गतिमा अघि बढ्ने निर्माण टोलीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?