भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का

सारांश

  • काठमाडौँ,१८ पुस ।
  • देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो ।
  • विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।

काठमाडौँ,१८ पुस । देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो ।विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।

भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ ।

आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद ९साग० सोही रङ्गशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ ।

रङ्गशालालगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ ।

सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन । रङ्गशाला निर्माणको काम नसकिदा १३ औँ दक्षिण एशियाली खेलकूदसमेत अन्योलमा परेको छ ।

राष्ट्रिय खेलकूद परिषद् राखेप सदस्य सचिव केशवकुमार विष्टले तोकिएको समयमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएपछि नेपालले आयोजना गर्ने १३ औँ दक्षिण एशियाली खेलकूद छ महिनाका लागि सार्ने प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न हुन्छ, रङ्गशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म राखेपबाट बिदा हुन्छु ।”

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माणको काम नेपालको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकारको सहयोगमा निर्माण हुनेछ । नेपालले निर्माण गर्नुपर्ने काममध्ये ७० प्रतिशत काम पूरा भएको छ । त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम शुरु हुनै बाँकी छ । यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही साताअघिदेखि शुरु गरेको छ ।

रङ्गशाला पुनःनिर्माणको मुख्य कामको स्वरूपमा रहेको ‘भिआइपी प्यारापिट’ ९अति विशिष्ट व्यक्ति बस्ने स्थान० र साधारण प्यारापिट ९दर्शक बस्ने स्थान० को तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ । २०७३ सालमा यो कम्पनीले ठेक्का पारेको थियो । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भन्नुभयो, ‘अहिले पनि एक सयदेखि १५० मजदुरले दैनिक काम गरिरहेका छन् । सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ ।”

एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने उल्लेख गर्दै उहाँले साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान र भिआइपी प्यारापिटको ३३ पिलरमध्ये ११ पिलरको रेट्रोफिटको काम बाँकी नै छ । भिआइपी प्यारापिटको छानो हाल्ने र प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया शुरु भएकै छैन ।

रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।

रङ्गशालाको शुरुआती चरण

पहिले खाली मैदान रहेको यो स्थानमा २०१३ सालमा रङ्गशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रङ्गशाला बनाउने कामको जिम्मा दिइएको थियो ।

त्यतिबेला रङ्गशालाको पूर्वपट्टि सेनाको ब्यारेक थियो । उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रङ्गशालाको पहिलो संरचना त्यहीबेला बनेको हो । राखेप सदस्यसचिवका रूपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता
‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
थुनामा रहेका सांसद रेशम चौधरीले लिए सिंहदरबारमा सपथ
Speedy Methods To Microfiber Towels House Depot In Detailed Depth
डा. गोविन्द केसीको अनशन : कति जायज ?
डा. गोविन्द केसीको अनशन : कति जायज ?
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
If you want to have a flavor of how the particular Extremely Mario Bros. activity has been intended to be performed, then your Perky Games Megadroid emulator is he best option for you for yourself. This Extremely Mario video game is one of the most widely used on-line computer games ever, as well as the Megadroid software imitates the features of this kind of traditional game on your PC. A few have a look at the particular Very Mario online game is focused on. Within this game, Mario is definitely a regular plumbing engineer that happens to be great during the job. They often travels to operate in an attempt to help additional https://custom-roms.com/roms/apple-ii-gs/beyond-zork-1988-infocom-usa people, usually by simply providing a clear piece in their mind. As far as his or her a lot more involved, he’s several siblings, named Princess Peach, Toad, Toadette, and Marirana. Each of them are delivered in to very nice loved ones, and the the entire family have got lived in this specific castle for many years. But simply when they think that they will likely dwell a cheerful your life with no worries, the particular wicked King Koopa comes and takes over the fortress. Following kidnapping all the beaufitul princesses, Koopa kidnaps typically the california king plus sends him or her off of to a distant terrain. When the king countries in the weird territory called Prehistoric Territory, the three beaufitul princesses were delivered on a diverse plane plus the california king was kidnapped by the bad ice age Master Koopa. Mario, Luigi, together with Princess Peach start out looking for the particular dropped empire involving Prehistoric Land preventing the top lizard through taking over the world. You also reach decide on in between 2 distinct characters, if you need to. To start with you will get to choose from the man character who will be Captain Falcon along with a feminine personality that is Queen Peach. To help with making your own gambling encounter entertaining, you need to understand that they are all have different amounts of trouble actively playing the game. The Wii is very perfect for making a unique online game using the figure you chose to participate in mainly because. Therefore , any time you decide on the smoothness you want that can be played since, then it will probably be no surprise the game is very engaging together with demanding at the same time. Delicious free online games that you can play at no cost however the Popular Gaming Megadroid software guaruntees your own expertise is a good while using the broad variety of brands which it helps. You need to consider their listing of online games which it supports including several great program game titles for example Very Mario Friends, Castlevania, Donkey Kong, Kirby, Zelda, Metroid, in addition to Metroid Fusion. Typically the Megadroid helps several Nintendo Roms and simulator available online. Many of these sport plans have a very exceptional function of gambling to keep things interesting. Should you be looking with regard to anything fascinating to undertake on the net, then you need playing Very Mario games on Sexy Games Megadroid. It is rather easy to use as you only have to download the technology then you can start playing quickly. An individual perhaps must mount any additional program or perhaps game titles prior to this,. The technology works with using Or windows 7, Landscape, and the hottest version of House windows several. If you want to perform Extremely Mario from here on out, just simply obtain the application and acquire began with the enjoyment. You may not always be let down considering the wide range of video games that the program supports. Give it a shot and find out how the video game was meant to be played.

तपाईंले छुटाउनुभयो कि?